विष्णुप्रसाद देवकोटा
फोटोमा देखिएका यी टिसर्टहरू साधारण कपडा मात्र होइनन्, एक आन्दोलनको जीवित सन्देश हुन्। रगताम्य जुत्ताले धानेको पीडा अहिले नयाँ पुस्ताको शरीरमा ‘प्रतिकारको प्रतीक’ बनेर हिँडिरहेको छ।
नीलो, कालो, खैरो, सेतो—रंग फरक भए पनि सन्देश एउटै छ: अन्यायविरुद्धको आवाज।
यो जुत्ता २८ वर्षीय प्रकाश बोहराको हो। दैलेख, नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाश अहिले ट्रमा सेन्टरमा उपचाररत छन्। जेनजि आन्दोलन २०८२ भदौ २३/२४ मा सुरक्षाकर्मीको गोली लागेपछि यही जुत्ता रगताम्य बनेको थियो।
तर, यो साधारण जुत्ता अब एक प्रतिरोधको चिन्ह बनेको छ। नयाँ पुस्ताले यसलाई आफ्नो पहिचान र आवाजको प्रतीकका रूपमा आत्मसात गरेका छन्। नेपालगन्जको गल्लीमा युवाहरू जुत्ताको छाप अंकित टिसर्ट लगाएर हिँड्छन्, र त्यो छाप उनीहरूको मौन तर शक्तिशाली उद्घोषजस्तो देखिन्छ।
बाँके, नेपालगन्ज उपमहानगरपालिका–२ स्थित गीता स्क्रिन प्रिन्टरमा अहिले दैनिक भीड लाग्छ। त्यहाँ युवाहरू टिसर्टमा जुत्ताको छाप छपाउन ओइरिन्छन्।
छापाखाना मात्र होइन, यो आन्दोलन अब कपडामा, शरीरमा, र चेतनामा फैलिँदै गएको छ।याे जुत्ताले देखेकाे नयाँ सपनाकाे जगमा टेकेर यत्तिखेर अन्तरिम सरकाे नेतृत्वमा पुर्वप्रधानन्यायधिश सुशिला कार्की नेतृत्वमा विज्ञसहितकाे नागरिक सरकार बनेकाे छ ।
जेनजि पुस्ताकाे आन्दाेलनकाे प्रमुख उद्देश्य देशमा ब्याप्त भरष्टचार कुशासनकाे अन्त्य २०७२ काे संविधान खारेजी र साशकीय स्वरुपकाे परिवर्तन गर्नु भएपनि नागरिक सरकार पुरानै जगमा टेकेर निर्माण भएकाले
नयाँ पुस्ताको शरीरमा ‘प्रतिकारको प्रतीक’बनेकाे प्रकाश बाेहाेराकाे रगतले रक्ताम्य जुत्ता र जेनजि पुस्ताकाे आन्दाेलनले सार्थकता पाउनेमा शंका उत्पन्न भएकाे छ ।यसतर्फ जेनजि पुस्ता काेही कसैबाट परिचालित नभएर ब्यक्ति विशेष सेलिब्रेटीकाे रुपमा राजनीतिमा उदायकाे गाेटी नबनेर समयमै सचेत बन्नु आवश्यक छ ।

डोल्पा न्यूज । ९ आश्विन २०८२, बिहीबार ०९:२२