विष्णुप्रसाद देवकोटा
डाेल्पामा एकसातामा अवैध रुपमा यार्सागुम्बा खोज्न गएका दुई युवकको लेक लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङ रहेका छन ।
सेफोक्सुन्डो गाउँपालिका-५ दुलुङमा यार्सागुम्बा खोज्ने क्रममा देवेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए ।
यसैगरी जगदुल्ला गाउँपालिकाको कागमरा यार्सा पाटनमा लुकिछिपी अवैध रुपमा यार्चागुम्बा संकलन गर्न जाने क्रममा रोल्पाको थवाङ गाउँपालिका – १ का २६ वर्षीय हिक्मत बि.क को मृत्यु भएको छ ।
डिएसपी केसीका अनुसार यार्सा पाटन जाँदै गर्दा हाइ अल्टीच्युटको समस्याका कारण लेक लागेपछि बिरामी भएका बिक लाई उपचारको लागि काइगाउ स्वास्थ्य चौकीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हाे।
यो वर्ष डोल्पाका सम्पूर्ण यार्सा पाटनहरु जेठको १० गते देखि खुल्दै छन् ।