ताजा समाचार

त्रिपुराकाेटमा एमालेकाे चाैथाे नगरअधिबेशन:माओवादी कांग्रेस कार्यकर्ताले गरे एमाले प्रवेश

नेकपा (एमाले) त्रिपुरासुन्दरी नगरपालिकाको चौथो नगर कमिटीको अधिवेशन साेमबारबाट शुरु भएको छ ।नेकपा (एमाले) केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा र जिल्ला पार्टी अध्यक्ष लंक बहादुर रोकायाले संयुक्तरूपमा पानसमा दिप प्रज्वलन गरेर अधिवेशनको उद्धघाटन गर्नु भयाे ।

अधिबेशन उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि तथा केन्द्रीय सदस्य बदमीक्वारी बाेहाेराले पाटीकाे तीन महिने संगठनात्मक विकास अभियानलाई आगमी ८४ काे आम निर्वाचन लक्षित गरेर अगाडि बढ्नु पर्ने बताउनु भयाे ।

नगरपालिकामा हुने भावि निर्वाचन  पार्टीकाे नेतृत्वसंग भविष्य जाेडिने भएकाले  नगर कमिटीकाे नेतृत्वमा सबल सक्षम र याेग्य ब्यक्ति सर्वसम्मत रुपमा चयन गर्नु पर्ने प्रमुख अतिथि तथा केन्द्रीय सदस्य बाेहाेराले बताउनु भयाे ।

नेकपा एमालेकाे नेतृत्व लिनु फलामकाे चिउरा चपाए सरह हुने र धेरै चुनाैतीकाे सामना गर्नु पर्ने भएकाले पार्टीकाे हरेक गतिविधिमा समय दिन सक्नु पर्ने समेत उल्लेख गर्नु भयाे ।

नेकपा( एमाले)जिल्ला अध्यक्ष लंकबहादुर राेकायाले पार्टीको विधि नीति र पद्धतिमा रहेर अधिबेशनले सबल सक्षम नेतृत्व चयन गर्ने विश्वास ब्यक्त गर्नु भयाे ।

एक ब्यक्ति एक पदकाे मापदण्डअनुसार सर्वसम्मत सबै क्षेत्रवाट समेटिने गरेर मिसन ८४ काे निर्वाचन लक्षित गरेर नेतृत्व छनाैट गर्नु पर्नेमा राेकायाकाे जाेड थियाे ।

भुमि ब्यवस्था आयाेगका जिल्ला अध्यक्ष तुलचन्द्र बुढाले नेकपा एमाले जस्ताे विशाल पार्टीमा लगनशील धैर्यवान पार्टी प्रतिकाे निष्ठा त्यागी कार्यकर्ताकाे समयमा उचित मुल्यांकन हुने गरेकाेले कुनै दुविधामा नलागेर पार्टीको गतिविधिमा हाेमिन सबैकार्यकर्तालाई आग्रह गर्नु भयाे ।

अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष प्रदेश सदस्य  निर्वाचन क्षेत्र ( ख) त्रिपुरासुन्दरी नगरपालिका ईन्चार्ज चन्द्रकुमारी बुढाले नगर कमिटी पदाधिकारीमा धेरै आकांक्षी भएकाे तर छलफल सहमति र सहकार्यबाट सर्वसम्मत रुपमा नेतृत्व सहितकाे नगर कार्यसमिति चयन हुने बताउनु भयाे ।

उहाँका अनुसार त्रिपुरासुन्दरी नगर कमिटी ५१ सदस्यीय हुने र  दलित महिला अपांग गरेर खुला तर्फबाट ७ जना बराबर १ जना र समाबेशी तर्फ ५ जना बराबर १ जना गरेर एघार वडाबाट एक सय चाैतिस जना अधिबेशन प्रतिनिधि छनाैट भएर आएका छन ।

नगर कमिटी अध्यक्ष कृष्ण धरालाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा नेकपा ( एमाले)का प्रदेश सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र (क) ठुलिभेरीनगरपालिका इन्चार्ज पुर्णबहादुर डांगी विश्वचन्द्र डसाल  त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकाया लगायतका नेताहरुले अधिबेशन सफलताकाे शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।

चाैथाे नगर कमिटी अधिबेशनकाे अवसरमा पार्टीमा बसेर लामाे समयसम्म संगठनात्मक विकासमा याेगदान पुर्याएवापत तुलचन्द्र बुढा लक्ष्मी सार्की चन्द्रकुमारी बुढा लगायतका नेता कार्यकर्तालाई प्रमाणपत्र मार्फत सम्मान गरिएकाे थियाे ।

नगर अधिबेशन ३० गते सम्म चल्ने छ ।नगर कमिटी अध्यक्ष पदकाे लागि चन्द्रखर बुढा कृष्ण धराला मनबहादुर बुढा रनवीर दमाई चन्द्रप्रसाद बुढा र रणबहादुर बुढा आकांक्षी रहेकाे बताइएको छ ।त्रिपुराकाेट बगरस्थित खेलमैदानमा भएकाे कार्यक्रममा नेकपा एमाले जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।

माओवादी र कांग्रेस परित्याग गरेर ४ जनाले गरे एमाले प्रवेश

त्रिपुरासुन्दरी नगरपालिका- ५ ल्हाका माओवादी कार्यकर्ता हैता झांक्री कृष्णबहादुर राेकाया त्रिपुरासुन्दरी- १ माओवादी केन्द्रका सुनराम सार्की र तुलरुपा सार्की माओवादी परित्याग गरेर एमाले प्रबेश गर्नु भएकाे छ ।त्यसैगरी लामाे समय नेपाली कांग्रेस प्रति आस्थावान त्रिपुरासुन्दरी- १ गल्ली गाउँका नन्दबहादुर शाही कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नु भएकाे हाे ।नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य बदमीक्वारी बाेहाेरा डाेल्पा पार्टी अध्यक्ष लंकबहादुर राेकायाले अविर टीका र राईका लगाएर पार्टीमा स्वागत गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!