विष्णुप्रसाद देवकोटा
भेरी कोरिडोर अन्तर्गत तल्लुबगर–दुनै खण्डको सडक अन्ततः असोज ६ गतेदेखि पुनः सुचारु भएको छ।
तल्लु बगर, उसुम खोला र दामाचौर खोलाको बाटो खुल्दै जाँदा काठमाडौ, नेपालगन्ज र सुर्खेतबाट डोल्पाको सदरमुकाम दुनैसम्म प्रत्यक्ष यातायात सेवा सञ्चालनमा आएको छ। तर रुकुम पश्चिमको दामाचौर खोलामा बुल्डोजरले बाटो क्षति पुर्याउनुका साथै खोलामै एक्साभेटर राखेर स्थानीयले अनावश्यक अवरोध सिर्जना गर्दै आएका थिए।
अवरुद्ध सडक खुलाउन डोल्पाका प्रमुख जिल्ला अधिकारी भीमराज कोइराला र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीबीच टेलिफोन संवाद भएको थियो।
त्यस्तै, ठुलीभेरी नगरपालिका (डोल्पा) का नगरप्रमुख सुवर्ण बुढा र आठबीसकोट नगरपालिका (रुकुम पश्चिम) का नगरप्रमुख रवि केसीले पनि स्थानीयद्वारा कृत्रिम रूपमा रोकिएको सडक खोल्ने पहल गरेका थिए।
यद्यपि निरन्तर प्रयास हुँदाहुँदै ढिलाइ भइरहेकाले अन्ततः डोल्पा संयुक्त यातायात प्रालिका अध्यक्ष विशाल रोकायाको नेतृत्वमा दामाचौरमै पुगेर गरिएको प्रत्यक्ष बार्ताले असोज ६ गतेदेखि सडक सुचारु भएकाे हो।
छलगाडस्थित खाेला किनारमा समेत बाढीले कटान गरेकाे बाटाे भेरिकरिडाेर डाेल्पाकाे पहलमा बनाउने काम सम्पन्न भएकाे भेरिकरिडाेरका सब इन्जिनियर मोति बुढाले जानकारी दिए ।सडक खुलेसंगै सिधा यातायात संचालनसंगै खुशि भएका यात्रहरु जीप संचालक तथा बस संचालकले क्षमता भन्दा बढि यात्रु राख्नाले ठेलमठेल गरेर काेच्चिएर कषटपुर्ण यात्रा गर्दा जाेखिम बढेकाे बताउँछन् ।सवारी चालकले जथाभावी सिट क्षमता भन्दा बढि मानिस काेचेर निर्वादरुपमा सवारी चलाउदा पनि नियमन निकाय भनिएकाे नेपाल ट्राफिक र प्रहरी मुखदर्शक बनिरहेका छन ।
सडक अवरोध हटेपछि काठमाडौं, नेपालगन्ज र सुर्खेतलगायतका शहरबाट दशैं मनाउन घर फर्किरहेका विद्यार्थी तथा सर्वसाधारण यात्रुहरूलाई ठूलो राहत पुगेको छ।

डोल्पा न्यूज । ७ आश्विन २०८२, मंगलवार १३:५९