डाेल्पाे क्याम्पसकाे प्रमुखमा बिष्णुलाल बुढा नियुक्त भएका छन। गएकाे बिहिवार सम्पन्न क्याम्पस सभाबाट सर्वसम्मत रुपमा चयन भएकाे क्याम्पस संचालक समितिकाे पहिलाे बैठककाे निर्णयले बुढालाई क्याम्पस प्रमुखकाे जिम्मेवारी दिइएको हाे ।
नवनियुक्त क्याम्पस प्रमुख बुढा क्याम्पस स्थापनाकाल देखि क्याम्पस संचालक समितिकाे सदस्य थिए ।बि.सं २०७० यता डाेल्पाे क्याम्पसमा पार्टटाइम अध्यापन गर्दै आइरहेका बुढाले पछिल्लो केही बर्ष यता सहायक क्याम्पस प्रमुखकाे जिम्मेवारी समेत पाएका थिए।
क्याम्पस प्रमुख बुढा क्याम्पस निर्माणकाे लागि जग्गा उपलब्ध गराउने मध्यका एक जग्गादाता हुन ।गत पुस ५ मा किर्ते सभा काण्डकाे कारण यहीँ चैत १ गते देखि लागू हुने गरि तत्कालीन क्याम्पस प्रमुख धनन्जय सुवेदीले क्याम्पस प्रमुखबाट राजिनामा दिएपछि रिक्त रहेकाे क्याम्पस प्रमुख पदमा बुढा नियुक्त भएका हुन ।
नवनियुक्त प्रमुख बुढा उपल्लाे दुनैस्थित ध्रुवतारा आबिमा कार्यरत स्थाई शिक्षक समेत हुन । यसै गरि नयाँ चयन भएकाे संचालक समितिले संचालक समितिलाई सर्वसम्मत रुपमा चयन गर्न सभामा सहभागी सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नुका साथै क्याम्पस प्रमुख नियुक्त, २०६९ देखि ७९ सम्मकाे आय ब्याय अध्ययन गर्ने, निर्णय गरेकाे छ ।
यसै गरि तत्क्याकालिन क्याम्पस प्रमुखले क्याम्पसका अफिसियल इमेल आइडी पासपोर्ट नदिएकाे हुदा २४ घण्टा भित्र बुझाउन पत्रचार लगायत नियमित पठनपाठन तथा व्यवस्थापनकाे लागि गम्भीर भएर लागि पर्ने निर्णय भएकाे क्याम्पस संचालक समिति अध्यक्ष याेगेन्द्र बहादुर शाहीले जानकारी दिए ।
नव नियुक्त क्याम्पस प्रमुख बुढा स्थाई प्राबि शिक्षक मात्र नभएर लामाे समय सम्म पत्रकारितामा क्रियाशिल भएकाले क्याम्पस भित्रकाे प्रशासनिक देखि ब्यवस्थापन र आर्थिक पार्दशितामा विनाविवाद रहित रुपमा क्याम्पसलाई शैक्षिक गुणस्तरका सनथ अगाडि बढाउनेमा स्थानीयले अपेक्षाका साथ बधाई समेत दिएका छन ।