ताजा समाचार

डाेल्पामा झारल मारेकाे घटनामा पुन पक्राउ 

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा झारल मारेकाे घटनामा  एक जनालाई  नेपाली सेनाले पक्राउ गरेकाे छ ।

शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएकाे नेपाली सेनाकाे टाेलिले त्रिपुरासुन्दरी नगरपालिका-९ का ३६ वर्षिय लक्ष्मीनारायण पुनलाई पक्राउ गरेकाे हाे ।पुनलाई त्रिपुरासुन्दरीमा पर्ने धाउने भन्ने स्थानमा मारेकाे झारल भाग लगाउनकाे लागि काट्नै लागेकाे अवस्थामा पक्राउ गरेकाे थियाे ।

 शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज त्रिपुराकाेटका सिनियर गेमस्काउट लक्ष्मी महतले जानकारी दिए ।उनका अनुसार फागुन १२ गते विहान धाउने भन्ने स्थानमा गाेलि हानेर पुनले झारल मारेकाे बुझिएकाे छ ।झारल फागुन ११ गते शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जकाे मध्यवर्ती क्षेत्र त्रिपुराकाेटमा  देखा परेकाे थियाे ।

पुनले झारल मार्न प्रयाेग गरेकाे बन्दुक त्रिपुरासुन्दरी- १० दापु निवासी बद्री शाहिलाकाे रहेकाे अनुसन्धानमा खुलेकाे सिनियर गेमस्काउट महतले बताए ।

झारल मारेकाे स्थान निकुन्ज एरिया भित्र नपर्ने र डिभिजन वन कार्यालय मातहतमा पर्ने भएकाले मारेकाे झारल घटनास्थलमा बरामद हतियार सहित पुनलाई  डिभिजन वन कार्यालयमा बुझाउने गरि अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयमा लगिएकाे छ ।

डिभिजन वन कार्यालय दुनैका प्रमुख मुन रावतले झारल मार्ने ब्यक्ति र मारेकाे झारल घटनास्थलमा बरामद हतियार सहित नेपाली सेना र नेपाल प्रहरीले घटनास्थलवाट दुनै तर्फ ल्याईरहेकाे बताए ।अनुसन्धान पछि मात्र वन्यजन्तु चाेरी पैठारी एवं चाेरी शिकारी ऐन अनुसार कार्वाही हुने डिभिजन प्रमुख रावतले बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!