ताजा समाचार

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई डाेल्पाका स्थानीय तहकाे ३४ लाख ५५ हजार सहयाेग

डोल्पा, कात्तिक २१ गते ।
हिमाली जिल्ला डोल्पाका सात स्थानीय तहले भुकम्प प्रभावित जिल्लाकालागि ३४ लख ५५ हजार १ सय ११ रकम सहयोग गरेकाछन् ।
गत शुक्रवार मध्यराती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट प्रभावित दुई जिल्लाका नागरिकको उद्धार,राहत र पुनःस्थापनाकालागि डोल्पाबाटमात्रै उक्त रकम सहयोग गरेकाहुन् ।
जसमध्ये सबैभन्दा पहिला ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढा आफै प्रभावित जिल्ला जाजरकोट पुगेर पाँच लाख सहयोको घोषणा गरेका थिए ।
छिमेकी जिल्लाका रुपमा रहेका रुकुम पश्चिम र जाजरकोटकालागि त्रिपुरासुन्दरी नगरपालिकालेमात्रै सात लाख पचास हजार सहयोगको घोषणा गरेको छ ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकाले पाँच लाख र जगदुल्ला गाउँपालिकाले पाँच लाख पाँच हजार एक सय एघार सहयोग घोषणा गरेकाछन् ।
त्यसैगरी काइके गाउँपालिकाले तीन लाख सहयोगको घोषणा गरेको छ ।
उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो , छार्काताङ्सोङ् र डाेल्पाेबुद्द गाउँपालिकाले तीन–तीन लाख सहयोगको घोषणा गरेकाछन् ।
जिल्लाका आठ ओटै मध्ये स्थानीय तहले सहयोग गरिकेका हुन । 
सहयोग गर्ने सबै स्थानीय तहले विज्ञप्ती जारी गर्दै सहयोगको घोषणा गरेकाहुन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!