डाेल्पा,पुस १० गते ।
बचत फिर्तामा आलटाल गरेपछि सदरमुकाम दुनैस्थित एक लघुवित्त बिरुद्ध जिल्ला प्रशासन कार्यालय डोल्पामा उजुरी परेकाे छ । ठुलिभेरी नगरपालिका-८ जुफालका एक दर्जनभन्दा बढी महिलाले दुनैमा रहेको ग्लोबल आइएमई बैंकको लघुवित्त विरुद्ध प्रशासनमा उजुरी दिएका हुन्।
सुरुमा रिलाएबल माइक्रो फाइनाइन्सका नाममा स्थापना भएको यस लघुवित्तमा सुरु देखि नै जम्मा गरेको पुरै बचत फिर्ता लिन बचतकर्ताले खोज्दा आलटाल गरेपछि उजुरी परेकाे हाे । बचतकर्ताले जम्मा गरेको पैसा लघुवित्तले डुबाउने हल्ला चलेपछि
आफ्नै पैसा नपाउने अवस्था आएपछि न्यायको आसमा प्रशासनमा उजुरी गरेको महिलाहरुकाे भनाइ छ। पीडित बचतकर्ताहरुले दुबै पक्षलाइ बोलाएर छलफल गराई बचत रकम फिर्ता गराई दिन प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाललाई बुझाएको निवेदनमा उल्लेख छ ।बचतकर्ताले आफुलाई लघुबित्त विरुद्ध निवेदन दिएकाे र बास्तविकता के हाे बुझेर दुबैपक्षलाई छलफलमा ल्याई कारवाही अगाडि बढाउन निर्देश सहित निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाइएकाे प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए ।
दुई सार्वजानिक बिदा भएकाले बुधबार दुबै पक्षलाई बोलाएर छलफल गर्ने डीएसपी शिव बुढाथोकीले जानकारी दिए। लघुवित्तमा जम्मा गरेको बचत फिर्ता गर्न चार महिना समय खर्च गर्नु परेको त्रिपुराकोटका महिलाहरूले गुनासो गरे।
पछिल्लो समय डोल्पाका लघुवित्तहरूमा समूह छोड्ने र कर्जा दिन ,आनाकानी गर्ने समूह बढ्दै गएको पाइएको छ। डोल्पामा रहेका ग्लोबल आइएमई लघुवित्त, एनआइसी एसिया लघुवित्त र चन्दनाथ सहकारीले विना धितो प्रवाह गरेको कर्जाको लाखौँ डुब्ने खतरामा छ।
केही महिनाअघि अभियान्ता दुर्गा प्रसाईंले गरेको लघुवित्त विरुद्ध गरेको आन्दोलनले गर्दा कतिपय ऋणीले महिनौदेखि कर्जा तिर्न अटेरी गरिरहेको लघुवित्तका कर्मचारीहरूले गुनासो गरे।