विष्णुप्रसाद देवकोटा
प्रेस चाैतारी नेपालकाे छैठौं जिल्ला अधिबेशनबाट प्रेम थापा दाेर्साे कार्यकालकाे अध्यक्षमा पुन चयन हुनु भएकाे छ ।
सदरमुकाम दुनैमा शुक्रवार सम्पन्न अधिबेशनबाट प्रेम थापा पुन दाेर्साे कार्यकालकाे लागि सर्वसम्मत अध्यक्षमा चयन हुनु भएकाे हाे ।
समृद्धिका लागि संचारकर्म , प्रेस चौतारिको मुल मर्म भन्ने मुख्य नाराका साथ सम्पन्न भएकाे अधिबेशनले उपाध्यक्षमा मेनुका बुढा काेषाध्यक्षमा उमला शाही उप सचिवमा दावा क्याल्बाे लामा र सचिवमा पूर्ण बाेहरालाई चयन गरेकाे नवनिर्वाचित उपाध्यक्ष मेनुका बुढाले जानकारी दिनु भयाे ।
यसैगरि सदस्यहरुमा चन्दा बुढा प्रबेश खत्री प्रकाश खत्री लालबहादुर बाेहरा अमित थापा माेतिचन्द्र बुढा लालबहादुर सन्देश बुढा वीरबहादुर बुढा रेशम लामा गगन लामा नाेमिता बाेहरा सराेज थापा विष्णुप्रसाद बाेहरा र अभिषेक शाही सहित २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेकाे छ ।
सर्वसम्मत रुपमा चयन हुनु भएका पदाधिकारी र सदस्यहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष लंकबहादुर राेकायाले अवर टीका र राईका लगाएर पेशागत संगठन विकास र हकहितकाे लागि निर्भीक भएर अगाडि बढ्न निर्देश गर्नु भएकाे थियाे ।यसैगरी प्रदेश प्रतिनिधिमा रुपलाल बाेहाेरा र पुजा बुढामगरलाई चयन गरेकाे छ ।