ताजा समाचार
तल्लुबगरस्थित भेरिनदिमाथि डेढ महिना भित्र बेलिब्रिज पुल पुननिर्माण गरिने

पुल निर्माणको जिम्मा यती विल्डर्स कम्पनीलाई

डोल्पा,कार्तिक १७ गते ।भेरिकरिडोर अन्र्तगत पर्ने जाजरकोटको तल्लुबगरस्थित भेरिनदिमाथि बेलिब्रिज पुलको निर्माण कार्य तत्काल शुरु गरिने भएको छ ।छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने गरि बेलिब्रिज पुल निर्माणको जिम्मा यती विल्डर्स कम्पनीले लिएको हो ।

यसअघि उक्त ठाउँमा बेलिब्रिज पुल निर्माण भई ०८० बैशाख १६ गते पुल उद्घाटन गर्ने मिति समेत तय भई अन्तिम चरणमा पुग्नै लाग्दा बैशाख ७ गते निर्माणाधिन बेलिब्रिज पुल भाचिएको थियो ।निर्माणधिन बेलिब्रिज पुल भाचिँदा दुई जना भारतीय मजदुर(कामदार)को मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए ।

जाजरकोट नलगाड नगरपालिका–१२ मा पर्ने तल्लुबगर भेरिनदिमाथिको यो पुल जाजरकोट र रुकुम पश्चिमलाई जोडेर डोल्पाको सदरमुकाम दुनै सम्म सिधा यातायात संचालन हुने महत्वपुर्ण पुल हो ।आठबीसकोट नगरपालिकाका नगरप्रमुख रबि केसीले आफु र डोल्पा ठूलिभेरीनगरपालिकाका नगरप्रमुख श्ववर्णकुमार बुढाको संयुक्त पहलमा छिटोमा डेढ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि बेलिब्रिज पुल पुननिर्माणको जिम्मा यती विल्डर्सा कम्नीले पाएको बताउनु भयो ।

अहिले तल्लुबगरस्थित भेरिनदि माथि पुल नहुँदा डोल्पालीले सडक सास्ती भोग्दै आउनु परेको छ ।पुल पुननिर्माण भई संचालनमा आएमा नेपालगन्ज देखि डोल्पा सदरमुकाम दुनै सम्म आँशिक रुपमा सिधायातायात संचालन हुने छ ।

नेपालगन्ज देखि डोल्पा सदरमुकाम दुनै सम्म स्थाई रुपमा सिधा यातायात संचालनको लागि जाजरकोटमा पर्ने तात्रगाड र चौकास्थित खहरे खोला रुकुम पश्चिमको गोतामकोटमा पर्ने मुलातडा, उसुम खोला हुदै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चुँगाड र छलगाडमा तत्काल बेलिब्रिज पुल निर्माण गर्नु आवश्यक छ ।यसैगरी ठुलिभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामा अलपत्र परेको बेलिब्रिज पुलको निर्माणलाई यथासिघ्र अगाडि बढाउन तर्फ सम्बनिधत निकायको ध्यायन पुग्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया