ताजा समाचार

डाेल्पा त्रिपुरासुन्दरी-५ ल्हाँकाे वडाअध्यक्ष पदकाे लागि  ४ जनाकाे उम्मेदवारी 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर २ गते ।डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका -५ ल्हांकाे वडाअध्यक्षकाे पदमा चार जनाकाे उम्मेदवारी परेकाे छ ।

स्थानीय तह उप निर्वाचन २०८१ काे मङ्सिर १६ गते हुने निर्वाचनकाे लागि  त्रिपुरासुन्दरी नगरपालिका -५ ल्हाँ वडाकाे अध्यक्ष पदकाे लागि नेकपा एमालेकाे तर्फवाट नरबहादुर राेकाया नेपाली कांग्रेसकाे तर्फवाट राजेन्द्रप्रसाद न्याैपानेकाे उम्मेदवारी परेकाे छ ।

त्यसैगरी  नेकपा माओवादीकाे तर्फवाट नरबहादुर झाक्री र एकीकृत  समाजवादीकाे तर्फवाट ज्याेति घर्तीकाे गरेर चार जनाकाे उम्मेदवारी परेकाे हाे ।

१ सय ७७ पुरुष र १ सय ७६ महिला गरेर जम्मा  ३ सय ५३ मतदाता रहेकाे सहायक निर्वाचन अधिकारी गाेपाल प्रसाद ज्ञावलीले जानकारी दिनु भयाे ।उहाँका अनुसार उम्मेदवारी दर्ता प्रकृया शान्तिपूर्ण बातावरणमा सम्पन्न भएकाे छ ।

२०७९ बैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेकाे चुनाव चिन्हबाट निर्वाचित वडा अध्यक्ष नन्दलाल राेकायाकाे गत वर्षकाे माघ महिनामा दमराेगका कारण निदन भएपछि त्रिपुरासुन्दरी नपालिकाकाे वडा- ५ ल्हाँ मा वडाअध्यक्ष पदकाे लागि उपनिर्वाचन हुन लागेकाे हाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!