ताजा समाचार

डाेल्पामा कतै यस्ताे त छैन,ठेक्का सूचना लुकाउने खेल! ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा”

काठमाडौँ — सूचना सार्वजनिक नगरी ठेक्का प्रक्रिया लुकाउने खेलमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

२०७९/८० आर्थिक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत गाउँपालिकाका चार निर्माण ठेक्कासम्बन्धी सूचना राष्ट्रिय दैनिकमा पूर्ण रूपमा नप्रकाशित गराई बदनियतपूर्वक एक–एक प्रति मात्रै छपाइएको आयोगले ठहर गरेको छ। बोलपत्र आह्वानका सूचना प्रेस काउन्सिलमा पेस गरिएको विवरणमा समेत अंशतः मात्र देखिएको र अभिलेख पिडिएफमा समेत नभेटिएको आयोगको दाबी छ।

यस प्रकरणमा यादवसँगै सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका भूषणकुमार सिंह, डच मिडियाका रवि अर्याल, र प्रभाव दैनिकका कृष्णबहादुर कार्कीसमेत प्रतिवादी बनाइएको छ। आयोगले ती व्यक्तिहरूविरुद्ध ३ लाख १६ हजार ४ सय बराबरको बिगो माग दाबी गर्दै कैद सजायको मागसहित विशेष अदालतमा अभियोगपत्र पेश गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सूचनालाई सार्वजनिक नगरी सीमित पहुँचमा राख्ने उद्देश्यले गरिएको कार्य अख्तियारको निगरानीमा परेपछि अनुसन्धान अघि बढेको जानकारी दिए।हिमाली जिल्ला डाेल्पामा पनि कतै यस्ताे त भएकाे छैन ? सम्बन्धित निकाय समयमै सचेत हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया