ताजा समाचार

डाेल्पा ठुलिभेरीनगरपालिका वडानम्वर २का १ सय १९ घरधुरिलाई ग्याससहितकाे चुलाे वितरण

डाेल्पा,फागुन २४ गते ।दाउराकाे खपत कम गरि बनजङगल संरक्षणमा सहयाेग पुर्याउने उद्देश्यले डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नं. २ ले वडाबासिलाई ग्यासहित चुलाे वितरण गरेकाे छ ।

वडा नम्बर २ मा पर्ने लाेचा, कुम्ली र कर्प गाउँमा बसाेबास गर्ने १ सय १९ घरधुरीलाई एक घर एक ग्यास चुलाे वितरण गरिएको हाे।

यस्तै गरि तीन वटा सामुदायिक विधालय, एउटा आधारभूत स्वस्थ्य सेवा केन्द्र, एउटा वडा कार्यालयमा पनि ग्यास चुलाे हस्तान्तरण गरिएको वडाले जनाएकाे छ।

वडा अध्यक्ष  कमल बहादुर क्षेत्रीले स्थानीय इन्धनकाे रुपमा प्रयाेग हुने दाउरा बनजङगलमा खाेज्न जांदा समय लाग्नुका साथै जाेखिम समेत हुने भएकाले चुलाेमा ब्यस्त हुने गृहणीहरुकाे समय बचत गर्न र सहज जिवनयापनकाे लागि ग्यास सहित चुलाे वितरण गरिएकाे बताए ।

ठुलीभेरी नगरपालिकाका उपप्रमुख  छिरिङ टाेल्मा महत लगाएतकाे उपस्थितिमा  स्थानीयलाई ग्यास चुलाे हस्तान्तरण गरिएको थियाे ।

नगरपालिकाकाे नाै लाखकाे बजेटमा घटिघटाउकाे सुचना मार्फत बाेलपत्र आह्वान गरिएकाे र संगम सप्लायर्सले ग्यास र चुलाे खरिद गरि वडा कार्यालय सम्म पुर्याएकाे वडाले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!