ताजा समाचार

एमाले र रास्वापा बीच गृहमन्त्रालय लिनेमा रस्साकस्सी

काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गृह मन्त्रालय कसले लिने भन्नेमा रस्साकस्सी चलेको छ ।

०७९ पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसैमा टेकेर लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन

। तर, एमालेले विकसित पछिल्ला घटनाक्रम देखाएर गृह मन्त्रालय आफ्नो पार्टीले लिन चाहिरहेको एक नेताले बताएका छन् । अर्थमन्त्री माओवादीका उपमहासचिव वर्षमान पुनलाई बनाउने बलियो सम्भावना छ ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राखेका छन् ।

 गृह मन्त्रालयमा टुंगो लागि नसकेका कारण रास्वपाबाट पार्टीका उपसभापति डीपी अर्याललाई शपथ गराएको छ । उनको मन्त्रालयको विषय पनि टुंगो लागिसकेको छैन।

तपाइको प्रतिक्रिया

error: Content is protected !!