ताजा समाचार

त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिकाे अध्यक्षमा :हर्कलाल बुढा

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर १२ गते ।त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिकाे अध्यक्षमा हर्कलाल बुढा सर्वसम्मत चयन हुनु भएको छ ।बुधवार मध्यवर्ती कार्यालय त्रिपुराकाेटमा भएकाे त्रिपुराकाेट,रल्ली,गल्ली र करेलीकांडा गाउँका स्थानीय उपभोक्ताकाे भेलाले करेलीकांडाका निवासी हर्कलाल बुढालाई चार वर्षे कार्यकालकाे लागि त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिकाे अध्यक्ष पदमा सर्वसम्मत चयन गरेकाे हाे ।

यसैगरी उपाध्यक्षमा निर्मला शाही काेषाध्यक्षमा माेहनचन्द्र राेकाया र सचिवमा वीर प्रसाद उखेडालाई भेलाले चयन गरेकाे छ ।

त्यस्तै गरि सदस्यहरुमा अम्बिका देवकोटा सत्यलक्ष्मी कठायत जीवन सार्की बुद्धि दमाई र हिमाली बाेहाेरा चयन हुनु भएकाे छ ।नवगठित त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारीहरुलाई त्रिपुरासुन्दरी नगरपालिका वडानम्वर १ पुर्व वडाअध्यक्ष कर्मसि थापा र वर्तमान अध्यक्ष रामचन्द्र कुलालले अविर टीका र खादा लगाएर बधाई दिनु भएकाे थियाे ।

पुनर्गठित समितिका अध्यक्ष बुढाले संरक्षणको क्षेत्रमा पुर्वअध्यक्षहरुले खेल्नु भएकाे राम्रो कार्यकाे अनुसरण गर्दै संरक्षणकाे क्षेत्रमा देखिएका समस्या समाधान र स्थानीय उपभोक्ताकाे सर्वाेपरि हितमा काम गर्ने बताउनु भयाे

तपाइको प्रतिक्रिया

error: Content is protected !!