विष्णुप्रसाद देवकोटा
डोल्पा–जुम्ला जोड्ने त्रिपुरासुन्दरी–११ हुमस्थित खोलाले कटान गरेको सडक खण्ड अझै बनेको छैन ।
बाढीले अवरुद्घ सडक नखुल्दा त्रिपुरासुन्दरी नगरपालिका–१ चुँगाड सडक खण्ड हुदै जुम्ला जाने यात्रुहरुले सास्ती भोग्दै आउनु परेको छ ।
सडक अवरुद्घ भएको लामो समय भइसक्दा समेत खुलाउने तर्फ त्रिपुरासुन्दरी नगरपालिकाले ध्यायन नदिदा यात्रुहरुले सास्ती भोग्नु परेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–९,१० र ११ का चुँ गाउँ,दापु लिकु मुहु, हुम र बन्तडी गरेर ६ गाउँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।
बर्षात लागेसंगै आएको बाढीले सडक कटान गरि अस्तब्यस्त बनाएको लामो समय वितिसक्दा पनि सम्बन्धित नगरपालिकाले ध्यायन पुर्याउन नसक्दा सवारी साधनहरु ठप्प हुँदा स्थानीय लगायत अन्य यात्रु पैदल यात्रा गर्न बाध्य हुदै आएका छन ।
सवारी साधनबाट आधा घण्टामा पुगिने बन्तडी गाउँमा डेढ घण्टा पैदल यात्रा गर्नु परिरहेको स्थानीयको भनाई छ ।
हुम गाउँ हुदै वन्तडी गाउँ जोड्ने सडक निर्माणको क्रममा खोला किनार नभई सिधा गाउँमाथिबाट सडक खन्न निर्माण ब्यवसायिलाई अनुरोध गर्दा सुनुवाई नगरि डोजर सचालक नै प्राविधिक बनि मनपरि सडक खनिदाको परिणामअहिले स्थानीयले सास्ती भोग्नु परेको गुनासो स्थानीयको छ ।
वर्षनी सडक निर्माणको लागि बजेट आउने गरेपनि आवश्यकता भन्दा पनि निर्माण ब्यवसायिको चाहनामा खर्च गरिनुका साथै सडक गुणस्तरीय र उपउयुक्त रेखाङ्कनमा समेत निर्माण हुने नगरेको पाइएको छ ।
स्थानीय कुमार रावलले अहिले सडक उक्त सडक ठप्प रहेको र यात्रुहरुलाई समस्या परेको बताउनु भयो ।
अव सडक निर्माण गर्ने निर्माण ब्यवसायिले पुरानो रेखाङ्कनलाई छाडेर सिधा हुम गाउँबाट बन्तडी गाउँ जोड्नु पर्ने र यसो गरेमा बाढीको जोखिम नहुने स्थानीय रावलको भनाई छ ।
जहाँ निर्माण ब्यवसायिलाई सहज छिटो र बजेट मुनाफा हुन्छ त्यतैबाट सडक रेखाङ्कन मानि सडक खन्दा समस्या झेल्नु परेको रावलले बताउनु भयो ।
अवरुद्घ सडक खुलाई स्थानीयको माग अनुसार हुम गाउँ हुदै बन्तडी गाउँ सिधा सडक जोड्ने तर्फ सरकारको समयमै ध्यान जानसके स्थानीय लगायतका यात्रुहरुलाई सहज भई दिर्घकालिन हुने थियो कि? ।यस तर्फ सम्बन्धित निकायको ध्यायन कहिले पुग्ने हो ।