ताजा समाचार

सेवाप्रवाहलाई प्रभावकारी बनाउन मासिक बैठकलाई जाेड दिदै नगर स्वास्थ्य शाखा

डाेल्पान्युज डाेक्स

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका स्वास्थ्य चाैकी र चार ओटा   प्रसुति केन्द्रकाे सेवाप्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य शाखाले मासिक बैठकलाई जाेड दिदै आएकाे छ ।

स्वास्थ्य संस्थामा आैषधीकाे माैज्दात जनशक्तिको नियमितता उपलब्ध सेवाप्रवाहकाे अवस्था ब्यवस्थापन पक्षकाे कार्यशैली लगायत सुधार गर्नु पर्ने पक्षकाे बारेमा  मासिक बैठकमा छलफल गरिन्छ ।

स्वास्थ्य चाैकीमा देखिएका समस्या चुनाैती र समाधानका उपाय खाेज्न मासिक बैठकलाई जाेड दिने गरिएकाे स्वास्थ्य शाखा ईन्चार्ज तुलबहादुर श्रेष्ठले बताउनु भयाे ।

त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्र राेकाया निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला र सामाजिक विकाश शाखा संयाेजक तथा वडानम्वर ३ का वडाअध्यक्ष भक्तबहादुर केसी समेत उपस्थितिमा हुने मासिक बैठक नयाँ आर्थिक वर्ष लाग्ना बित्तिकै (आर्थिक वर्ष ०८१/०८२ ) साउनकाे पहिलाे हप्तामै बसेकाे हाे ।

आर्थिक वर्ष ०८०/०८१ मा स्वास्थ्य सेवाप्रवाह के कस्ताे रह्याे नगरवासिले सुलभ स्वास्थ्य सेवा प्राप्तीमा के कस्ताे झन्झट ब्यहाेर्नु पर्याे आैषधीकाे आपूर्ति देखि प्रसुति केन्द्रमा आउने गर्भवती महिलाले के कस्ता समस्या झेल्नु पर्याे जनशक्तिको अवस्था नगरपालिकाले गर्नु पर्ने जिम्मेवारी लगायतका पक्षमा अन्तरक्रिया छलफल समेत गरिएकाे नगरप्रमुख राेकायाले जानकारी दिनु भयाे ।

स्वास्थ्य सेवा प्रभावकारी बनाउन तर्फ कुनैपनि कसुर बांकी नरहने स्वास्थ्य संस्थाकाे आवश्यकता माग र सृजित समस्याकाे आधारमा नगर सहयाेग गर्न तयार रहने भएकाले सेवा प्रवाहमा कुनै किसिमकाे कमि हुननदिन निर्देशन समेत नगरप्रमुख राेकायाले दिनु भएकाे स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनु भयाे ।

त्रिपुरासुन्दरी नगरपालिकामा ५ ओेटा आधारभुत स्वास्थ्य केन्द्र २ ओटा सामुदायिक ईकाइ र ४ ओटा प्रसुति केन्द्र रहेका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!