ताजा समाचार

जिल्ला अस्पताल डाेल्पामा बत्तीको चरम समस्या

डाेल्पा जिल्ला अस्पताल  स्थापना भए देखिनै देखिएको बत्तीको समस्या अझै सल्टिएकाे छैन ।जिल्ला अस्पतालकाे समस्या नसुल्झिएपछि भने समस्या जिउँका तीउँ रहेको छ ।जिल्ला अस्पतालमा नियमित बत्तीको सुविधा नहुँदा कार्यरत चिकित्सकलाई उपचारमा समस्या हुने गरेकाे  छ ।

बत्ती पनि नियमित नआउने र घाम नलाग्दा सोलार पनि चार्जहुन छोडेपछि मोवाइल बालेर जटिल खाले शल्याक्रिया गर्नु परेको डाक्टर अखण्ड उपाध्यायले बताए  ।

बजारमा बत्ती आउँछ तर अस्पतालमा बत्ती आउँदैन्, अस्पतालमा बत्ती नियमित गराउँन बिद्युत प्राधिकरण डोल्पा बितरण केन्द्रलाई अनुरोध गर्छौ तर पनि सुनुवाई हुँदैन् डाक्टर उपाध्यायले भने ।

‘जब शल्याक्रिया गनुपर्ने हुन्छ तब बत्ती हुँदैन्,उपचारमा संलग्न चिकित्सककै मोवाइलको टर्चको भरमा बिरामीको शल्याक्रिया गर्नुपर्छ ।

’मोवाइल टर्चको धिपधिपे उज्यालोमा शल्याक्रिया गर्दा चिरफार,ब्लड प्रेसर नाप्दा,सुई लगाउँदा,उपकरण जुटाउँदा, औषधि दिँदा अनेक प्रकारका समस्या चिकित्सकले झेल्नु पर्ने डाक्टर उपाध्यायले बताए ।जिल्लाका दुरदराजबाट बिरामीहरु उपचारकालागि डोल्पा अस्पतालमा पुग्ने भएकाले अस्पतालमा नियमित बत्तीको व्यबस्था गरिदिन आग्रह गरिएको छ ।

 अस्कपतालमा नियमित बत्तीकाे अभावमा चिकित्सकले झेल्नुपरेको समस्या समेत डाक्टर अखण्ड उपाध्यायले आफ्नाे सामाजिक सन्जाल मार्फत पाेखेका छन ।

कर्णाली  प्रदेश सरकारमा डोल्पाकै उर्मिला विश्वकर्मा जलस्रोत तथा उर्जा विकास मन्त्री छन् ।तर पनि अस्पतालको समस्या समाधान भने हुन सकेको छैन् ।जिल्लाबाटै सम्बन्धित क्षेत्रकै मन्त्री भएकाले छिटाे भन्दा छिटाे समस्या समाधान तर्फ ध्यान दिन डाेल्पालीले आग्रह गरेका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!