ताजा समाचार
आधा कराेडकाे लागतमा भयाे मण्डब मन्दिरकाे निर्माण

भदौ पुर्णिमाकाे पुर्वसन्ध्यामा मण्डब मन्दिरकाे उद्घाटन सम्पन्न 

विष्णुप्रसाद देवकोटा

डाेल्पामा लाग्ने विशेष धार्मिक मेला मध्यकाे भदौ पुर्णिमा मेलाकाे पुर्वसन्ध्यामा जुफालस्थित नवनिर्मित मण्डब मन्दिरकाे उद्घाटन गरिएकाे छ ।

ठुलिभेरीनगरपालिका प्रमुख श्ववर्ण बुढाले विशेष कार्यक्रमका बीच नवनिर्मित मण्डब मन्दिरकाे उद्घाटन गर्नु भएकाे हाे ।

नगरपालिकाकाे आर्थिक सहयाेग ४५ लाख र स्वदेश तथा विदेशमा रहेका जुफाली भक्तजनहरुकाे सहयाेगवाट जुटेकाे ४ लाख नगद गरेर झण्डै ५० लाखकाे हाराहारीमा मन्दिरकाे निर्माण कार्य सम्पन्न भएकाे हाे ।

मन्दिरमा लगाइएकाे गजुर नेपाली सेनामा कार्यरत कर्णल कृष्णचन्द्र ठकुल्लाले सहयाेग स्वरुप चढाउनु भएकाे हाे । गजुर काठमाडौ हुँदै नेपालगन्जवाट डाेल्पा ल्याउने कार्यमा सत्तिस शाही निशान शाही र पुष्प शाहीले सहयाेग गर्नु भएकाे वडानम्वर ८ का अध्यक्ष मनराम ठकुल्लाले बताउनु भएकाे छ ।

मन्दिर निर्माणकाे लागि २६ जना मनकारी स्थानीय भक्तजनहरुले सहयाेग गर्नु भएकाे छ ।भदौ पुर्णिमाकाे दिन विशेष मेला लाग्ने मण्डब मन्दिरकाे उद्घाटनसंगै यसकाे थप महत्व चुलिने विश्वास लिइएकाे छ ।

नवनिर्मित मन्दिरकाे उद्घाटन गर्दै नगरप्रमुख बुढाले मठमन्दिरहरुकाे निर्माणले हाम्राे धार्मिक आस्थाप्रतिकाे सम्मान र पुर्खाकाे धर्मप्रतिकाे संरक्षण हुने भएकाले यी सम्पदाहरुकाे संरक्षण गर्नु स्थानीय सरकारकाे दायित्व हुने बताउनु भयाे ।

मन्दिर उद्घाटन कार्यक्रममा ठुलिभेरीनगरपालिका वडानम्वर ७ ८ र ९ वडाअध्यक्षहरु जुफाल गाउँका समाजसेवि जानमान मन्दिरका पुज्यनिय धामीझाँक्री लगायत स्थानीयकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा वडानम्वर ८ का वडाअध्यक्ष मनराम ठकुल्लाले मनकारी नगरप्रमुख बुढा लगायत ब्यक्तिगत रुपमा आर्थिक सहयाेग चन्दास्वरुप सहयाेग गर्ने सबैलाई धन्यवाद समेत दिनु भएकाे छ ।नवनिर्मित मण्डव मन्दिर ठुलिभेरी नगरपालिका वडानम्वर ७ र ८ अन्तर्गत पैटभन्ने ठाउँमा पर्छ ।

तपाईको प्रतिक्रिया