काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारी र बिचौलियाहरूलाई पक्राउ गरेको छ ।
बुधबार अख्तियारको टोलीले यातायत व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भाञ्जा ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोपराईटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरूले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।