विष्णुप्रसाद देवकोटा
डाेल्पा,माघ २ गते । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा २६ औं भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।
जिल्ला बिपद व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय डाेल्पाकाे आयाेजनामा, विभिन्न कार्यालयका प्रतिनिधि,नागरिक समाज,राजनीतिक दलहरुकाे सहभागीतामा विभिन्न नारा सहित प्रभातफेरि गरेर जिल्ला समन्वय समितिकाे प्राङ्गणमा काेण सभा गरिएको थियाे ।
प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले भुकम्पले बिश्व र नेपालमा पुर्याएकाे क्षति बारे स्मरण गराएका थिए । भुकम्प मान्छेलाई मार्नकै लागि आउदैन तर हामीले बनाएकाे भाैतिक संरचनाले नै क्षेति पुर्याउने उनकाे भनाई थियाे ।
धेरै बर्ष पछि हिमाली पहाडी भुभागमा लक्षित गरि भुकम्प आउने गरेकाे उल्लेख गर्दै सजक रहन सबैलाई आग्रह समेत प्रजिअ दाहालले गरे ।
डाेल्पा अग्लाअग्ला हिमाल भएकाे भु-बनाैटकाे असमानता भएकाे हुदा भाैतिक संरचना निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक तरिकाले निर्माण गर्न जाेड दिईएकाे छ ।
हिमाली तथा पहाडी जिल्लाहरुमा प्रायः माटाेका घरहरु भएकाे हुदा नजिकै केन्द्र बिन्दु भएर भुकम्प आएकाे खण्डमा ठुलाे क्षति हुनसक्ने सराेकारवालाले बताए ।
पुर्वाधार विकास कार्यालय डाेल्पाका सव इन्जिनियर रमाकान्त दासले डाेल्पा जस्ता भाैगाेलिक भु-बनाैट भएका स्थानहरुमा भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आबश्यक रहेकाे बताए ।
डाेल्पामा भुकम्प प्रतिरोधात्मक घर निर्माणकाे लागि के कस्ता मापदण्ड पूरा गर्नु पर्छ भन्ने बारे नागरिकलाई पुर्वाधार कार्यालयले सहजिकरण गर्ने पनि उनले बताए ।
भुकम्पबाट सुरक्षित रहनकाे लागि स्थानीय सरकारले कानुन तथा मापदण्ड बनाई नक्सा सम्बन्धि सहजिकरण गर्न आबश्यक रहेकाे नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए । विस्तारै सार्वजनिक भुभाग अतिक्रमकाे सिकार हुनेभएकाे हुदा संरक्षण र सुरक्षा गर्ने जिम्मेवारी पनि स्थानीय सरकारकाे रहेकाे अध्यक्ष बुढाकाे भनाइ थियाे ।