ताजा समाचार

डोल्पामा दशैंको लागि माटो खन्ने क्रममा तीन घाइते

डोल्पा । डोल्पामा दशैंको तयारीका क्रममा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना घाइते भएका छन्।

शुक्रबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–९ चुँ गाउँकी करिब ७० वर्षीया बिनरुपा बोहोरा, २९ वर्षीया मनपुरा बिक र २९ वर्षीया अरुना थकाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

घाइते तीनै जनालाई उद्धार गरी डोल्पा जिल्ला अस्पताल, दुनै पुर्याइएको थियो। बोहोराको मुखभित्र रगत निस्किएको र बाँया आँखामा चोट लागेको छ भने बिक र थकालीको शरीरको तल्लो भागमा भित्री चोट लागी हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले दुवैलाई कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

डोल्पामा दशैंको अवसरमा घर लिपपोत तथा रंगरोगन गर्न सेतो र रातो माटो प्रयोग गर्ने प्रचलन छ।

तपाईको प्रतिक्रिया