ताजा समाचार

सुर्खेतमा आँखा स्वास्थ्यमा पेशागत जोखिम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया 

पुर्ण सार्की/ सुर्खेत।आँखा स्वास्थ्यमा पेशागत जोखिम भोगिरहेका पेशाकर्मीहरूका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ।शनिबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र सुर्खेतको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आँखा स्वास्थ्यमा पर्ने पेशागत जोखिमबारे जनचेतना अभिवृद्धि गर्नुका साथै जोखिम न्यूनीकरणका उपायहरूको पहिचान र प्रवर्द्धन गर्नु कार्यक्रमको उद्येश्य रहेको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागीहरुले हरेक क्षेत्रमा काम गर्दा आँखा स्वास्थ्य सम्बन्धी आफूले भोगिरहेका समस्याहरू साझा गर्दै सुरक्षात्मक उपायहरूको बारेमा सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेत्र विशेषज्ञद्वारा आँखा सम्बन्धी जोखिमहरूको प्राविधिक पक्षमा प्रस्तुति दिँदै सुरक्षाको लागि चस्माको प्रयोग, नियमित स्वास्थ्य परीक्षण, र सचेतनाको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यमान ऐन कानुनको कार्यान्वयन र पेशाकर्मीको आँखा सुरक्षाको लागि कर्णाली प्रदेश सरकारले तादरूकता साथ लाग्ने तथा कार्यक्षेत्रमा आवश्यक सामग्री उपलब्ध गराउन नीति तथा कार्यक्रम सञ्चालन गर्ने बताए।

आवश्यक स्वास्थ्यमा जोखिम न्युनिकरण गर्न सामुहिक पहल आवश्यक रहेको भन्दै साना सावधानीहरुले पनि दीर्घकालीन दृष्टिको समस्याबाट बाँच्न सकिने मन्त्री भण्डारीले जानकारी दिए।

त्यस्तै कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव तथा कार्यक्रमका सभाध्यक्ष दीर्घ बहादुर पोखरेलले आँखाको सुरक्षा सम्बन्धी नीतिगत पहल आवश्यक भएको र यसका लागि मन्त्रालयले पनि सक्रिय भुमिका खेल्ने बताए।

अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारी, सचिव पोखरेल सगै नेत्र विशेषज्ञ डा., स्वास्थ्यकर्मी, औद्योगिक कामदार, प्रयोगशालाका कर्मचारी, कृषि श्रमिक, निर्माण क्षेत्रका मजदुरहरू सगै सञ्चारकर्मीको सहभागीता रहेकोथियो।

तपाईको प्रतिक्रिया