ताजा समाचार

पीडितलाई न्यायकाे पहुँचमा पुर्याउने कार्यमा पत्रकारकाे भुमिका महत्वपूर्ण 

नागरिकलाई सहजरूपमा न्यायकाे पहुँचमा पुर्याउने उद्देश्यले जिल्ला अदालत डाेल्पाले अदालतवाट प्रवाहा गरिने सेवासुविधा र वैतनिक वकीलकाे भुमिका विषयक पत्रकार भेटघाट कार्यक्रम गरेकाे छ ।अदालतमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा अदालतबाट प्रदान गरिने सशुल्क तथा शुल्कीय सेवा र लक्षित  वर्ग प्रवाहा सेवाबारे जानकारी नहुंदा डाेल्पालीहरु न्यायकाे पहुँचमा पुग्न नसकेकाे बताइएको थियाे ।

जिल्ला अदालतका न्यायाधीश भाेलानाथ ढकालले नागरिकलाई न्यायकाे पहुँचमा ल्याई पीडकलाई कार्वाही र पीडितलाई उचित न्याय प्रदान गर्न सत्य निष्पक्ष र तटस्थ भएर न्याय सम्पादन गरिने बताए ।

पछिल्लाे समयमा राज्यले नागरिकलाई न्यायकाे पहुँचमा ल्याउनकाे लागि विभिन्न नागरिक मैत्री कानुनी सहायता ब्यवस्था गरेपनि प्रचारप्रसार र चेतनाको कमिले अझै पनि राज्यले लक्षित गरेकाे वर्ग न्यायकाे पहुँच बाहिर रहेकाे जिल्ला न्यायाधीश ढकालकाे भनाई थियाे ।

अन्याय गर्नु भन्दा सहनु सबै भन्दा ठुलाे पाप भएकाे उल्लेख गर्दै अदालतका श्रेस्तेदार तथा सुचना अधिकारी हरिगाेपाल ज्ञावलीले आर्थिक विपन्नता,असक्षमता र असाहायकाे कारण बहुसंख्यक नागरिक अझैपनि न्यायकाे पहुच बाहिर रहेकाेले जब सम्म लक्षित वर्गलाई न्यायकाे पहुँचमा ल्याईदैन तवसम्म राज्यले गरेकाे ब्यवस्था कागजमा मात्र सिमित हुने बताए ।

अदालतमा भएकाे कानुनी ब्यवस्था र सेवा प्रवाहाका बारेमा डाेल्पाका प्रत्येक घर आगनमा सुचना प्रवाहा गर्ने कार्यमा संचारजगतकाे महत्वपूर्ण भुमिका रहने भएकाले अदालतले पत्रकारप्रति ठुलाे आशा भराेसा र अपेक्षा राखेर पत्रकार भेटघाट कार्यक्रम राखेकाे श्रेस्तेदार ज्ञावलीकाे भनाई थियाे ।

कार्यक्रममा  राज्यले कानुनी ब्यवस्था गरे बमाेजिम लक्षित वर्ग भनेर ब्यवस्था गरेकाे असहाय,असक्षमता आर्थिक विपन्नता नाबालक र अशक्तहरुकाे लागि वैतनिक वकिल राखेर निशुल्क कानुनी सेवा प्रवाहा गरिरहेकाे र पीडित पक्षले अदालतकाे ढाेका प्रवेश गरेर आफ्नाे पीडा ब्यक्त गरे मात्र पुग्ने कार्यक्रममा बताईएकाे थियाे ।

कार्यक्रममा सरकारी वकिल कार्यालयका वकिल गाेविन्द बहादुर शाही लगायत जिल्लास्थित संचारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!