ताजा समाचार

बाँफिकोटलाई हराउदै सानीभेरीले जित्यो सर्वाधिक राशीको त्रिपुरासुन्दरी मेयर कपको उपाधि!

पुर्ण कुमार/ डोल्पा न्युज

कार्तिक १५, डोल्पा

हिमाली जिल्ला डोल्पामा जारी सर्वाधिक राशिको चौथो मेयर कप पालिका स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको भलिबल टिमले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिकाको भलिबल टीमलाई ३-१ ले पछि पार्दै सानीभेरीले उपाधि हात पार्न सफल भएको हो।

बुधबार भएको सेमिफाइनल खेलमा सानीभेरीको भलिबल टीमले यार्सा स्पोर्ट्स क्लब माझफाललाई सोझो सेटमा हराउदै फाइनल पुगेको थियो भने। बाफिकोट गाउँपालिकाको टिमले त्रिपुरासुन्दरी ५,६ को संयुक्त भलिबल टीमलाई हराउदै फाइनल पुगेको थियो ।

उपाधि हात पारे सगै सानीभेरी गाउँपालिकाको भलिबल टिम प्रथम हुँदै नगद रु. तीन लाख, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ।

त्यस्तै फाइनलमा सानीभेरी संगको हार सगै बाँफिकोट गाउँपालिकाको भलिबल टिम द्वितीय हुदै दुई लाख नगद, मेडल सहित प्रमाणपत्र प्राप्त गरेको छ।

सानीभेरीको भलिबल टिमलाई सायरा आयल स्टोर्सले प्रायोजन गरेको हो भने बाफिकोटको भलिबल टिमलाई कंकासुर भूमि कन्ट्रक्सनले प्रायोजन गरेको हो ।

त्यस्तै तेश्रो स्थान हात पार्न सफल यार्सा स्पोर्ट्स क्लब माझफालले नगद रु.एकलाख, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ। चौथो हुने त्रिपुरासुन्दरी ५,६ को संयुक्त भलिबल टीम सान्त्वना हुँदै २० हजार नगद प्राप्त गरेको छ।

प्रतियोगितामा उदयमान स्पाइकरको उपाधि त्रिपुरासुन्दरी ०२ का दिल बहादुर सुनारले प्राप्त गरेका छन्।

त्यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको उपाधि त्रिपुरासुन्दरी ०४ का बुद्दी विकले प्राप्त गरेका छन् भने उत्कृष्ठ रेजरको उपाधि त्रिपुरासुन्दरी ५,६ को संयुक्त भलिबल टिमका सिंह बम ठकुरीले प्राप्त गरेका छन्।

कार्तिक १० गते देखि सुरु भएको खेलमा जिल्ला भित्र र बाहिरका गरेर १९ भलिबल टिमले प्रतियोगितामा समावेश भएका थिए। प्रत्येक टीमलाई ४ समूहमा विभाजन गरिएको थियो। प्रतियोगिता बिहीबार समापन गरिएको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!