ताजा समाचार

त्रिपुरासुन्दरी नगरपालिकामा पालिकास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता

डोल्पा,कार्तिक २४ गते ।विश्वमा बदलिदो जलवायु परिवर्तनका कारण यसको असर र रोकथाम सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकामा पहिलो पटक पालिकास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक सहयोग तथा जलवायु परिवर्तन तथा पर्यावरण संरक्षण अभियान नेपालको आयोजनामा पालिकास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यालयस्तरका बालवालिका मार्फत विश्वभर आएको बदलिदो जलवायु परिवर्तन यसको कारण र असर लगायत रोकथामका सम्बन्धमा जनचेतना अभिबृद्दि गर्ने उद्देश्यले आयोजित हाजिरी जवाफ प्रतियोगितामा नगरभित्रका त्रिपुरा मावि मद्दु,त्रिपुरा मावि काटियाँचौर सरस्वती मावि सुँउ मुकुटेश्वर मावि फुल्चिङ र जनप्रभा मावि लिकु गरेर पाँच ओटा माविका कक्षा नौ र दशमा अध्यायनरत बालवालिकाले सहभागिता जनाएका थिए ।

पाँच माविका पाँच समुहबिच भएको हाजिरी जवाफ प्रतियोगितामा जनप्रभा मावि लिकु पहिलो त्रिपुरा मावि मद्द, दोस्रो त्रिपुरा मावि काटिँयाचौरले तेस्रो स्थान प्राप्त गरे ।यसै गरी सरस्वती मावि सुँउले चौथो र मुकुटेश्वर मावि फुल्चिङले सान्त्वना स्थान पप्त गरे ।पहिलो र दोस्रो स्थान गर्ने बालवालिकालाई झोला मायाको चिनो स्वरुप कप र कपिका साथ प्रमाणपत्र वितरण गरिएको थियो ।

यसै गरी तेस्रो स्थान प्राप्त गर्ने विद्यालयका बालवालिकालाई कपि प्रमाण पत्र र मायाको चिनो कप तथा चौथो र सान्त्वना स्थान हासिल गर्ने बालवालिकालाई मायाको चिनो कपका साथ प्रमाण वितरण गरिएको थियो ।

पहिलो स्थान हासिल गर्ने बालवालिकाहरुलाई प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाय दोस्रो स्थान हासिल गर्ने बालवालिकाहरुलाई नगरप्रमुख जनचन्द्र रोकाय तेस्रो स्थान हासिल गर्ने बालवालिकाहरुलाई उपमेयर देवि घर्ति तथा आयोजक संस्थाकी अध्यक्ष धनलक्ष्मी चलाउनेले चौथो स्थान हासिल गर्ने बालवालिकाहरुलाई नेपाली काँग्रेस डोल्पाका पुर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय सान्त्वना स्थान हासिल गर्ने बालवालिकाहरुलाई वडानम्बर ३ र १ का वडाअध्यक्ष भक्तबहादुर केसी र रामचन्द्र कुलाले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि समन्वय प्रमुख रोकायले विद्यालय शैदान्तिक ज्ञानका साथै ब्यवहारिक र ब्यवसायिक ज्ञान दिन आवश्यक रहेको बताए ।पालिकास्तरमै जनचेतना फैलाउने मनसायले गरिएको जलवायुपरिवर्तन तथा पर्यावरण सम्बन्धि हाजिरी जवाफ प्रतियोताले राम्रो सन्देश दिने बताए ।

संस्थाकी अध्यक्ष धनलक्ष्मी चलाउनेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथि तथा नगरप्रमुख जनचन्द्र रोकायले बालवालिबाको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटनका लागि पनि हाजिरी जवाफ गर्न आवश्यक हुने बताउदै बदलिदो जलवायु परिवर्तन संगै यसको रोकथामा जनचेतना फैलाउन आवश्यक रहेकाले सबैले यसमा जोड दिनु पर्ने बताए ।

पहिलो पटक पालिकास्तरमा गरिएको अन्तर माबि हाजिरी जवाफ प्रतियोगितामा विभिन्न विद्यलायका शिक्षक विद्याथी राजनीतिकदलका प्रमुख प्रतिनिधि लगायत संचारकर्मिको बाग्लो उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!