ताजा समाचार

डोल्पाका समस्याको विषयमा संसदमा बेजोड आवाज उठाउने छु: सांसद माधव सापकोटा

पुर्ण सार्की/डोल्पा, वैशाख ३० – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य माधव सापकोटाले डोल्पा जिल्लामा देखिएका समस्याहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आगामी संसद अधिवेशनमा ती विषयमा बेजोड आवाज उठाउने बताएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्थित नेकपा माओवादी केन्द्र नगर कमिटीद्वारा आयोजित ऐतिहासिक दोस्रो नगर सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन डोल्पा पुगेका सांसद सापकोटाले शनिबार बिहान सदरमुकाम दुनैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन्।

सांसद सापकोटाले डोल्पा आगमनको क्रममा स्थानियवासीले भोगिरहेका विभिन्न समस्या प्रत्यक्ष अवलोकन गरेको बताए। उनले भने, “यहाँको पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात र विकासको अवस्था हेर्दा राज्यको ध्यान अझै पनि पुग्न नसकेको देखिन्छ। यस्ता समस्याहरू अब संसदमा प्राथमिकताका साथ उठाउने छु।”

उनले डोल्पाको भौगोलिक विकटता तथा सरकारी उपेक्षाका कारण जिल्लाको समग्र विकासमा असर परेको उल्लेख गर्दै डोल्पालाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। डोल्पा जस्तो संवेदनशील जिल्लाको समृद्धि र विकासका लागि केन्द्र सरकारबाट नीति तथा कार्यक्रममै समेटेर बजेट विनियोजन गरिनु पर्नेमा उनले जोड दिए।

पार्टीको कार्यक्रको लागि डोल्पा पुगेका संसद सापकोटाले शनिबार बिहान डोल्पा जिल्लाका प्रमुख अधिकारी रोम बहादुर महत , सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभागका डिएस्पी मेघराज कँडेल सग जिल्लाको समस्या र समसामयिक विषयमा जानकारी लगेका थिए।

तपाइको प्रतिक्रिया

error: Content is protected !!