ताजा समाचार

सुर्खेतमा शसस्त्र प्रहरी द्वारा आगोलागीको जोखिम न्युनिकरणका लागि पूर्व तयारी स्वरुप कृतिम घटना अभ्यास! 

पुर्ण सार्की /सुर्खेत।कर्णाली प्रदेशको राजधानी सुर्खेतको बाङ्गेसिमलमा आगलागी प्रकोप बाट हुने क्षति कम गर्न र प्रकोप पछि उद्दार र राहत वितरणको कृतिम अभ्यास गरिएको छ।

शुक्रबार सुर्खेतको बाङ्गेसिमल स्थित सशस्त्र प्रहरी बल ३२ नं गण हेड क्वार्टर रक्तकाली सुर्खेतले आफ्नो क्षेत्र भित्रको खेलकुद मैदानमा आगोलागीको जोखिम न्युनिकरणका लागि पूर्व तयारी स्वरुप कृतिम घटना अभ्यासको आयोजना गरिएको हेड क्वार्टर गणका निमित्त प्रमुख प्रकाश थापाले जानकारी दिए।

शसस्त्र प्रहरी बल सगै कृतिम अभ्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, त्यहाँका सामुदायिक बनका पदाधिकारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थित रहेको थियो।

विपद्को समयमा प्रभावकारी रुपमा उद्धार कार्यमा सजिलोका लागि कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो। शसस्त्र प्रहरी बलका विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तिले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्।

हिउँद समय सकिनै लाग्दा जताततै खडेरीका कारण आगलागी जुनसुकै समयमा पनि हुन सक्ने भएकाले यसलाई नियन्त्रण र घटना बाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र आगलागी पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने निमित्त प्रमुख थापाले बताए। पछिल्लो समय नेपालमा आगलागीका घटनाहरु बाट धनजन लगाएत वनजङ्गलको विनाश हुने गरेको छ।

आगलागी जस्ता विपद प्रतिकार्यको लागि समुदायलाई सचेत गर्न सके मात्र न्यून क्षति हुने सम्भावना भएको शसस्त्र प्रहरीबलले जनाएको छ।

आगलागी भएपछि अपनाउनु पर्ने अभ्यास, उद्धार, घाइतेको उपचार,सुरक्षित स्थानमा पुर्‍याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धी काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो।

 उक्त अभ्यासमा तालिम प्राप्त राष्ट्रसेवकहरुले आगलागीको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनु पर्ने तत्कालीन उपायबारे अभ्यासमार्फत जानकारी गराएका थिए। कृत्रिम अभ्यासमा घटनापछि राहत सामग्री वितरण, क्षति विवरण संकलन गरिएको थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!