विष्णुप्रसाद देवकोटा
नेकपा(एकीकृत समाजवादी)का केन्द्रिय सदस्य तथा संघिय पुर्व शहरी विकास मन्त्री धनबहादुर बुढाले जिल्लाको शिर झक्ने काम कहिल्यै नगर्ने बताउनु भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिकामा गरिएको पुर्वमन्त्री बुढाको स्वागतार्थ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्व शहरी विकास मन्त्री तथा केन्द्रिय सदस्य बुढाले उक्त कुरा बताउनु भएको हो ।
आफ्नो चार महिने मन्त्रीकालमा कहिकतै भरष्टचार नगरेर ईमानदारिताका साथ जिल्लामा सबै क्षेत्रलाई समेट्ने गरी आवश्यकता र मागको आधारमा बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो ।
आगामी वर्षमा जिल्लाबाट जो कोही माननीय मन्त्री होलान तर आफ्नो कार्यकालमा जस्तो बजेट जिल्लामा भित्र्याउन नसक्ने ठोकुवा समेत पुर्व मन्त्री बुढाको थियो ।
जिल्ला र डोल्पाली जनताको लाईफलाइन मानिएको भेरिकरिडोरको स्तरउन्नती सहित कालेपत्र गरी सहज यातायातको सुविधाको पहुँचमा पुर्याउनु आफ्नो पहिलो प्राथमिता रहेको उहाँले बताउनु भयोे ।
एक अरब त्रिहत्तर करोड रुपियाँ भेरिकरिडोर अन्र्तगत पर्ने जाजरकोटको तल्लुदेखि दुनै सम्मको सडक स्तरउन्नतीको लागि शहरी विकास मन्त्रालयबाट विनियोजन भएको समेत उहाँले बताउनु भयो ।
पछिल्लो समय निर्माणको जिम्मेवारी लिने तर कतै बीचमै कामै नगरी छाड्ने कतै गुणस्तर र मापदण्ड विपरित काम गर्ने प्रबृति बढिरहेकाले गलत काम गर्ने निर्माण ब्यवसायीलाई कारवाही गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
आफ्नो मन्त्री कार्यकालमा जिल्लामा भित्रिएका योजना तथा विनियोजित बजेट आठ ओटै स्थानीय तहका सबै राजनीतिकदल नागरिक समाजको अगुवाईमा आएकाले कोहीकसैले आफुले मन्त्री स्वकीय सचिव लागयतलाई रकम खुवाएर ल्याएका छौ भनेर भनेका छन भने त्यो सबै भ्रम र झुठको खेती हुने उल्लेख गर्दै त्यस्तो ब्यक्ति आफ्नो लागि सबैभन्दा नराम्रो हुने पुर्व मन्त्री बुढाले बताउनु भयो ।
जिल्लाका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज पालिका प्रमुखउपप्रमुख र संचारकर्मीसंग सहकार्य र छलफल गरि स्वच्छ रुपमा बजेट कार्यान्वयनमा लगिने भएकाले सबैको सकारात्मक र रचनात्मक सहयोगको आवश्यकता रहेको उहाँको भनाई थियो ।
त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाको कार्यकक्षमा भएको विशेष स्वागत कार्यक्रममा पुर्व कर्णाली प्रदेश सभासदस्य तथा नेकपा एमाले जिल्ला इन्चार्ज बदमी क्वारी बोहोरा(बुढा)निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला र नगरप्रमुख रोकायाले पुर्वमन्त्री बुढाले इतिहासमै धेरै वजेट जिल्लामा भित्र्याउन सफल हुनु भएको र सबैको मनमनमा बस्न सफल नेता समेत भएको बताउनु भएको थियो ।
पुर्व मन्त्री बुढा त्रिपुरासुन्दरी नगरपालिकामा पुग्दा पन्चेवाजागाजाका साथ भब्य स्वागत गरिएको थियो ।
नेपालगन्जबाट सडक मार्ग हुदै विहिवार मात्र जिल्ला पुगेका पुर्वमन्त्री बुढा त्रिपुरासुन्दरी नगरपालिकाको स्वागत पछि छलस्थित बुढालमष्टा देवताको दर्शन गरेर आजै सदरमुकाम दुनै पुगी साउन ८ गते भदौ १६ गतेदेखि शे फोक्सुण्डो गाउँपालिकामा शुरु हुने शेल्री डुग्ड्रा मेलामा सहभागि हुन जाने कार्यक्रम छ ।