ताजा समाचार

डोल्पाको त्रिपुराकोट बगर क्षेत्रमा कर्फ्यू, जेन–जी समूहले काँग्रेस कार्यालयमा तोडफोड

डाेल्पान्युज

डोल्पा।जिल्ला प्रशासन कार्यालय डोल्पाले त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोट बगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले बुधबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि त्रिपुराकोट बगर बजार क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो। शान्ति सुरक्षा भंग हुने आशंका देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

आदेशअनुसार बगर बजारको पूर्वमा रल्लि गाउँ, पश्चिममा कोट गाउँ, उत्तरमा गल्लि गाउँ र दक्षिणमा त्रिपुराकोट बजार (भेरी नदी पुल) भित्रको क्षेत्रमा कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा विरोध कार्यक्रम गर्न प्रतिबन्ध गरिएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ।

प्रशासनले सदरमुकाम दुनैमा मंगलबारदेखि नै निषेधाज्ञा लागू गरिसकेको छ। विशेषगरी जेन–जी पुस्ताले त्रिपुराकोटलाई लक्षित गर्दै गतिविधि बढाएपछि सुरक्षालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो। बुधबार साँझ जेन–जी समूहले त्रिपुराकोट बजारस्थित नेपाली कांग्रेस पार्टी प्रदेश निर्वाचन क्षेत्र ‘ख’ तथा नगर पार्टी कार्यालयको साइनबोर्ड र झण्डा तोडफोड गरेको पनि प्रहरी  चाैकी त्रिपुराकाेट प्रहरी चाैकीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया