ताजा समाचार

आफ्नाे क्षेत्रकाे याेजना र बजेटबारे थाहा  पाउनु जनताकाे अधिकार:प्रदेश मन्त्री बुढा

डोल्पान्युज डेक्स।

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले जिल्लाका सबै कार्यालयमा आएको योजनाको बारे जनताले जान्न पाउनुपर्ने बताउनु भएकाे छ ।

संघिय सरकारबाट होस या प्रदेश सरकारबाट आएको होस जिल्लाका सरकारी कार्यालय र स्थानीय तहमा विकास लागी आएको योजनाबारे हरेक नागरिकले जान्न पाउनुपर्ने र त्यो उनिहरुको अधिकार  भएकोले जनतालाइ योजनाबारे जानकारी सबै निकायले गराउनुपर्ने मन्त्री बुढाकाे भनाइ थियाे ।

जिल्ला प्रशासन कार्यालय डोल्पामा डोल्पा जिल्लाका सबै स्थानीय तह र सरकारी कार्यालयले गत आर्थिक बर्षको प्रगति  तथा आगामी बर्षको कार्यक्रमबारे जानकारी गराएका थिए ।

संघियतामा धेरै विकासका योजनाहरु स्थानीय तहले नै कार्यान्वयन गर्ने भएको हुदा बेरुजुको मात्रामा धेरै देखिएको स्थानीय तहको तर्क छ ।

कर्णाली प्रदेशमै बेरुजु एक अर्व भन्दा धेरै रहेकोले डोल्पा जिल्लाले अब बेरुजुको प्रतिशत घटाउदै लानुपर्ने मन्त्री बुढाले सबै निकायलाई सुझाब दिनु भयाे ।

कार्यालयको बेरुजु घटाउन समयमै कार्यालय लागिपरे शुन्यतामा झार्न कुनै कठिन नभएकाेले आर्थिक बर्षमा समयमै बेरुजु नआउने गरि काममा लाग्नु पर्नेमा मन्त्री बुढाले जाेड दिनु भयाे । ।

पहिलेका बर्ष जसरी यो बर्ष विकास निर्माणका काम अलमलमा नरहने र ३० लाख भन्दा माथिका सबै योजनाहरु ठेक्का मार्फत गरिने भएको हुदा भदौको अन्तिम र केहि बाँकी रहेका योजनाहरु असोज दोस्रो साता सम्म ठेक्का प्रकृयामा लगेर विकास निर्माणका काम तिव्र रुपमा गर्ने लक्ष्य रहेको हुदा सोहि अनुसार सबै निकाय लागी हाल्न मन्त्री बुढाले निर्देशन दिनु भयाे ।

जिल्लाको विकासका लागि कार्यालय प्रमुखले कुनैपनि बेला सझाब सल्लाह दिन बाधा अर्चन नभएकोले सरकार र सरकारी निकाय नंङ्ग र मासुको समबन्धबाट अगि बढे जनताले अनुभुति हुनेगरी विकास हुने  मन्त्री बुढाले बताउनु भयाे ।

 जिल्लाको विकास र चुनौति बारे प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढालाई जानकारी गराउनु भएकाे थियाे ।

एक्लैले केहि गर्न नसकिने भन्दै सबै संगै हिडेर विकासमा हातेमालो गरेमा  जनताले सरकार भएको अनुभुति गर्ने मन्त्री बुढाको दावी छ

तपाइको प्रतिक्रिया

error: Content is protected !!