ताजा समाचार

अपरान्ह ४ बजेसम्म डाेल्पाकाे ल्हाँ -५ काे मतदान केन्द्र मा ८५ प्रतिसत मत खस्याे,मतदान जारि

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर १६ गते ।

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने ल्हाँमा वडाअध्यक्ष पदकाे लागि  अपरान्ह ४ बजे सम्म ८५ प्रतिसत मत खसेकाे छ ।जिल्ला निर्वाचन प्रमुख श्याम राईका अनुसार कुल मतदाता संख्या ३ सय ५३ रहेकाेमा अपरान्ह ४ बजे सम्म महिला १५८ र पुरुष १४५ गरि ३ सय ३ मत खसेकाे छ ।

मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा जारि रहेकाे सहायक निर्वाचन अधिकारी गाेपाल ज्ञावलीले जानकारी दिनु भयाे ।

वडा अध्यक्ष पदकालागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्रिा,नेपाली काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्धार बन्नु भएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!