ताजा समाचार

डाेल्पामा बत्तीबाट आगलागी, दुई बाख्रा र एक बाछासहित ६० हजारको क्षति

विष्णुप्रसाद देवकोटा

डोल्पा, साउन २४ । त्रिपुरासुन्दरी नगरपालिका–१ नाउलामा शुक्रबार राति हरिप्रसाद देवकोटाको खर्क रुमानमा आगलागी हुँदा करिब ६० हजार रुपैयाँको क्षति भएको छ।
चतुर्दशीको दिन देवता पूजाका लागि बत्ती बालेर अन्यत्र गएका बेला बत्तीबाट लुगालत्ता सल्किँदा पुरै रुमानमा आगो लागेको थियो। आगलागीमा दुई बाख्रा र एक गाईको बाछा जलेर मरेका छन्। साथै लुगालत्ता र अन्नपात पनि नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज यामबहादुर बस्नेतका अनुसार खबर पाएलगत्तै राति करिब ८ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो। छिमेकीको सतर्कतामा अन्य गाईबस्तु बचाइएपछि थप क्षति हुन पाएन। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेको छ।

यो

तपाईको प्रतिक्रिया