डोल्पा,मङ्सिर १८ गते ।उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ ।सोमवार विहानदेखि परेको अविरल वर्षसंगै हिमपात भएको हो ।
उत्तरी सिमा नाकामा पर्ने डोल्पोबुद्द छार्काताङसोङ, शे फोक्सुण्डो र काइके गाउँपालिकामा बाग्लो हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ ।
त्यसै गरी तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीवन बन्तडी हुम लगायतका बस्तीमा समेत हिउँ जमेको छ ।
त्यस्तै गरी ठूलिभेरी नगरपालिकामा पर्ने माझफाल थरगाउँ दुरगाउँ र काँडातालीमा पनि हिउँ जमेको खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्मुख डिएसपी शिब बुढाथोकीले जानकारी दिनु भयो ।
हिमपातका कारण अत्याधिक चिसो बढेपछि बृद् बृद्दा महिला बालवालिकालाई समस्या भएको छ ।
हिमपातले गर्दा उपल्लो डोल्पाका सम्पुर्ण विद्यालयको पठनपाठन पुर्णरुपमा प्रभावित भएको छ ।यत्तिखेर डोल्पाको तापक्रम शुन्य डिग्रीमा झरेको छ ।
हिमपातले जनजीवन कष्टकर बनाएपनि मङसिरमा परेको हिउँ शुभ भई बालीनाली लगायत यार्सागुम्बा उम्रनेमा सहयोग पुग्ने भएकाले कृषकहरु भने हर्षित छन ।
ठुलिभेरी नगरपालिका–९ का अमरसिं कठायतले केहि दिनको जनजीवन कष्टकर भएपनि हिमपातले बालीनाली सप्रनमा सहयोग पुग्नुका साथै यार्सागुम्बा उम्रनमा समेत मद्दत गर्ने बताउनु भयो ।विहानैदेखि वर्षत भएपछि भने जुफाल विमानस्थल बन्द रह्यो। नेपालगन्ज डोल्पाका लागि प्रतिकुल मौसमका कारण कुनैपनि उडानहरु भएनन् ।
हिमपातले विभिन्न स्थानीय तहमा राखिएका नेपाल टेलिकमका टावरमा जडित सोलार प्यानलहरु समेत चार्जनभएपछि टेलिफोन सेवा समेत प्रभावित बनेको छ ।