ताजा समाचार

घर बेचेकाे ६ वर्षसम्म रकम नपाएपछि घरधनीले लगाए वडा कार्यालयमा ताला

विष्णुप्रसाद देवकोटा

घर बेचेकाे  ६ वर्षसम्म रकम नपाएपछि जग्गाधनी हमालले  वडा कार्यालयमा ताला लगाएका छन ।

त्रिपुरासुन्दरी नगरपालिकाकाे वडा नं १ काे कार्यालयमा घरधनी हरिचन्द्र हमालले तालाबन्दी गरेकाहुन् ।

वडा कार्यालयलाई घर बेचेकाे छ बर्षसम्म पनि आफुले पाउनु पर्ने १८ लाख रकम  पाउन पटक पटक निवेदन गर्दा पनि नपाएपछि  तालाबन्दी गर्नु परेकाे घरधनी हरि हमालले बताउनु भयाे।

वडा कार्यालयलाई कुल २४ लाखमा हमालले घर बेच्नु भएकाे थियाे ।

जसमध्ये  नगरपालिका र वडाले बराबर भुक्तानी गर्नुपर्ने लिखित सहमति भएको भएपनि  ६/६ बर्ष बितिसक्दा पनि नगरपालिकाले १२ लाख र वडाले ६ लाख रपिया भुक्तानी गर्न बांकी छ ।

संघियता कार्यान्वयनकाे पहिलाे वर्षका वडाअध्यक्ष कर्मसि थापाकाे पालामा पेश्की स्वरुप ६ लाख रुपिया मात्र घरधनी  हमाललाई बुझाइएको छ ।

वडाध्यक्ष रामचन्द्र कुलालले वडामा रकम नभएकाले भुक्तानी गर्न नसकिएकाे बताउदै तालाबन्दी सम्बन्धि जिज्ञासा राख्दा ताला लाग्न दिए हुन्छ भन्दै हल्का रुपमा लिनु भयाे ।

दैनिक सर्वसाधारणको भीड भाड हुने वडा कार्यालयमा तालाबन्दी भएपछि सेवाप्रवाहा प्रभावित बनेकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!