ताजा समाचार

कालिकोटको तिलागुफा ०४ मा रास्वपालाई ५ भोट 

डोल्पा न्युज डेस्क:कोलीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत पाएको छ ।

आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका हुन् ।

सो स्थानमा नेमकिपाका खड्गराज शाहीले १४३ मतका साथ विजय हासिल गरे भने दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो ।

 नेमकिपाका विजयी उम्मेद्वार : सामाजिक सञ्जाल

यस्तै एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैल बहादुर शाहीले ४९ र राप्रपाका गोगन बहादुर शाहीले जम्मा १७ मत पाए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!