विष्णुप्रसाद देवकोटा
डाेल्पा,मङ्सिर २५ गते ।नेपाल विद्यार्थी संघ डाेल्पाले जगदुल्ला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका अध्यक्ष मिलन बुढाथोकीकाे पहलमा स्वास्थ्य सामाग्री वितरण गरिएकाे हाे ।
अध्यक्ष बुढाथोकीले पालिकाका अध्यक्ष नारासि राेकाया र निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीलाई पालिकामै एक कार्यक्रमका बीच ३७ हजार ४८५ मुल्बराबरकाे स्वास्थ्य सामाग्री वितरण गर्नु भएकाे हाे ।
विपि सेट ५ पिस,अटाेस्काेप १ पिस,फिलल डाेपलरडिजिटल २ पिस सुकलिन मेसिन १ पिस र थर्ममिटर काेभिड-१९ पिस २ पिस लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएकाे नेविसंघका अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयाे ।
अध्यक्ष बुढाथोकीले स्वास्थ मन्त्रालय व्यवस्थापन शाखा काठमाडौंमा माग गरि डाेल्पा पुर्याएर आज जगदुल्ला गा.पा कार्यलय डोल्पालाई हस्तान्तरण गरिएकाे हाे ।
जगदुल्ला गाउँपालिका अध्यक्ष नारासि राेकाया र निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले अविर टीका र राइका लगाएर नेविसंघ अध्यक्ष बुढाथोकीलाई सम्मान गर्नु भएकाे थियाे ।