ताजा समाचार

जाजरकोटको कुशेमा ऐतीहासिक बराह थान मेलाको भव्य शुभारम्भ!

पुर्ण सार्की/ डोल्पा न्युज

जाजरकोटको कुशेमा एतीहासिक बराह थान मेलाको भव्य शुभारम्भ भएको छ। कुशे गाउँपालिका ०७ समाइलामा परापुर्वकाल देखि मङ्सिर पुर्णिमाको समयमा लाग्दै आएको बराह थान मेलाको आज देखि शुभारम्भ भएको हो।

परिवर्तनशील युवा क्लब र तिनचुली डाँफे युवा क्लबको संयुक्त आयोजनामा गरिएको मेलाको कुशे ०७ का नब निर्वाचित वडा अध्यक्ष खम्म बहादुर सिंह द्वारा आईतबार उद्दघाटन गरिएको परिवर्तनशिल युवा क्लबका अध्यक्ष मनोज विश्वकर्माले डोल्पा न्युजलाई बताउनु भयो।

अध्यक्ष विश्वकर्मा अनुसार मेला तीन दिन सम्म संचालन हुने छ। मेलामा भलिबल सगै स्थानीय लोक संस्कृति झल्किने मयूर नाच, पैसेरु , सिंगारु, ख्याली नाच , देउडा , पञ्चेबाजा नाच लगायत धामी नाचसमेत प्रस्तुत गरिने छ। मेलाको रौनक प्रदान गर्न जिल्ला भित्रका १२ भलिबल टिमले सहभागिता जनाएका छन्। मेलाको पहिलो दिनमा भने समूह चरणको ३ वटा खेल खेलाईएको छ।

मेलामा भलिबल तर्फ विजेता हुने टिमले नगद रु बीस हजार सहित प्रमाण पत्र र उप विजेता हुनेले दश हजार नगद सहिद प्रमाण पत्र प्राप्त गर्ने छन्। मेला मंसिर ३० गते सञ्चालन भै २ गते समापन हुने छ।

फोटो:- मनोज विश्वकर्मा

तपाइको प्रतिक्रिया

error: Content is protected !!