ताजा समाचार

डोल्पो क्याराभान ट्रेक्सले संरक्षण क्षेत्रबाट फोहोर व्यवस्थापन गरेर ल्यायो स्वच्छता उदाहरण

डाेल्पान्युज डेक्स

डोल्पो क्याराभान ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.ले डोल्पोले ट्रेकिङकाे क्रममा उत्पन्न फोहोर संकलन गरेर एक जिम्मेवार ट्रेकिङ एजेन्सीकाे उदाहरण प्रस्तुत गरेकाे छ।क्याराभान ट्रेक्सले डाेल्पाेले

जिम्मेवारीपूर्वक संकलित  फाहेरजन्यबस्तु व्यवस्थापनकाे लागि बुझाएकाे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) जोमसोमलेजारी गरेकाे प्रमाणपत्रमा उल्लेख छ ।

असोज २५ गते जारी फोहोर व्यवस्थापन प्रमाणपत्र अनुसार, कम्पनीले ट्रेकिङ अवधिमा ७५ वटा टिनका क्यान, २० के.जी. प्लास्टिक र कागजका र्यापर, र ८ जोडी ब्याट्री संकलन गरी जोमसोम ल्याएको उल्लेख छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सिनियर सहायक तथा चेकपोष्ट इञ्चार्ज शेर जुङ गुरुङले हस्ताक्षर गरेको सो प्रमाणपत्रले उच्च हिमाली क्षेत्रमा जिम्मेवार पर्यटनको राम्रो उदाहरण प्रस्तुत गरेको जनाएकाे हाे।

संकलित फाेहाेरजन्यबस्तु अन्नपूर्ण संरक्षण क्षेत्र जाेमसाेममा हस्तान्तरण गरिएको डाेल्पाे क्याराभान ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लिका कार्यकारी निर्देशक नाेर्बु लामाले जानकारी दिए ।

त्यस्तै गरि संकलन गरिएकाे  ५ केजी भन्दा बढि फाेहाेर शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज सुलिगाडमा पनि  बुुझाइएकाे निर्देशक लामाले बताए ।

तपाईको प्रतिक्रिया