विष्णुप्रसाद देवकोटा
डाेल्पा, असोज ३१ गते ।ठुलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढाले शुक्रबार नेपाली कांग्रेस सल्यानका उपसभापति तथा कार्यबहाक सभापति सन्तोष केसी सहितकाे टिमलाई आफ्नै कार्यक्षमा स्वागत गरेका छन ।कांग्रेस सल्यानका पार्टी सचिव एवं शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, शारदा–११ का वडा अध्यक्ष तथा प्रवक्ता राजेश केसी लगायतको टोलीलाई नगरप्रमुख बुढाले स्वनगत गरेका हुन ।
भेटघाटका क्रममा दुई पक्षबीच स्थानीय विकास, पार्टीबीचको सहकार्य, र आगामी राजनीतिक दिशाबारे मित्रतापूर्ण वातावरणमा गम्भीर छलफल तथा बहस भएको थियो।
स्वागत तथा संवाद कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक भिमबहादुर रोकाया, नगर सचिव धनबहादुर बोहोरा लगायतको समेत उपस्थिति रहेको थियो।

डोल्पा न्यूज । ३१ आश्विन २०८२, शुक्रबार १३:३०