ताजा समाचार

नेकपा माओवादी केन्द्र मुड्केचुलाको तेश्रो बैठक: विविध विषयमा व्यापक छलफल

डोल्पा : नेकपा माओवादी केन्द्र मुड्केचुला गाउँपालिका गाउँ कमिटीको तेश्रो बैठक सम्पन्न भएको छ। शुक्रबार मुड्केचुला गाउँपालिका  वडा नं. ५, सुरमा गाउँ कमिटीको बैठक सम्पन्न भएको हो। बैठकमा गाउँ कमिटी, वडा कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीका प्रतिनिधिहरू तथा सम्पूर्ण कमिटी इन्चार्जहरूको सक्रिय उपस्थिति रहेको थियो।

बैठकमा पार्टीको हालसम्मका निर्णय, पार्टी सुधार अभियान, सक्रिय सदस्य नविकरण, वडा स्तरीय भेला तथा मासिक बैठक सम्बन्धी विविध विषयमा गहन छलफल भएको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सम्पूर्ण जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको बैठकमा मुड्केचुला गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओबादी केन्द्र जिल्ला कमिटीका सचिव दत्त बहादुर शाहीले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्दै समसामयिक राजनीतिक परिस्थिति र संगठनात्मक सुदृढीकरणमा जोड दिएका थिए।

बैठकमा विभिन्न तहका कमिटीहरूबीच समन्वय र सहकार्यलाई अझ मजबुत पार्दै आगामी कार्यक्रमहरूको रणनीति तय गर्ने निर्णय समेत गरिएको छ।

तपाईको प्रतिक्रिया