डाेल्पान्युज डेक्स
काठमाण्डौं: सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले मुगुमा थप राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
यसअघि सो क्षेत्र डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको थियो। तर कार्मारोङबाट त्यहाँ पुग्न झन्डै सात दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता भएकाले स्थानीयलाई सेवा सुविधा लिन निकै कठिनाइ थियो।
स्थानीयको निरन्तर आग्रहपछि वन मन्त्री ऐन बहादुर शाहीको पहलमा नयाँ निकुञ्ज स्थापना भएको हो। यस निर्णयपछि मुगुका बासिन्दालाई प्रशासनिक तथा निकुञ्जसम्बन्धी सेवाहरू नजिकैबाट लिन सहज हुने अपेक्षा गरिएको छ।
नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या अब १३ पुगेको छ। हाल रहेका राष्ट्रिय निकुञ्जहरूमा चितवन, बर्दिया, बाँके, खप्तड, लाङटाङ, मकवानपुर–चितवन, फैलिएको पर्सा, शिवपुरी नागार्जुन, सगरमाथा, मकालु वरुण, शे–फोक्सुन्डो, रारा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छन्।

डोल्पा न्यूज । १३ भाद्र २०८२, शुक्रबार १४:२६