ललितपुर, भदौ २२ गते ।पूर्वपत्नीबाट बलात्कार र ज्यान मार्ने उद्योगको गम्भीर आरोप लागेपछि नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले सोमबार गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशअनुसार उनी नख्खु कारागार चलान भएका छन्।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित १ नम्बर गणमा कार्यरत गुरुङलाई पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको थियो। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै मुद्दा दायर गरेको हो।
कारागार चलान हुनु अघि इन्स्पेक्टर गुरुङले सामाजिक सञ्जालमार्फत आफू पूर्वपत्नीबाटै पीडित भएको दाबी गरेका थिए। उनले सँगै रहेकी छोरीलाई भेट्न जाँदा आफूलाई अभद्र व्यवहार गरिएको समेत आरोप लगाएका थिए।

डोल्पा न्यूज । २२ भाद्र २०८२, आईतवार १६:३१