ताजा समाचार

त्रिपुरासुन्दरी नगर स्वास्थ्य शाखा संयोजक श्रेष्ठ बने जिल्लाकै उत्कृष्ट स्वास्थ्यकर्मी

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठ उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित हुनु भएको छ ।

स्वास्थ्य सेवा कार्यालयको आर्थिक वर्ष ०८१।०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार आब ०८०।०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक प्रगती समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा उत्कृष्ट कार्य सम्पादन गरेवापत श्रेष्ठ सम्मानित हुनु भएको हो ।

यसैगरी जिल्लाका ८ ओटा स्थानीय तहहरुमा त्रिपुरासुन्दरी नगरपालिकाले स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याएवापत उत्कृष्ट पालिकाको रुपमा समेत सम्मान गरिएको छ ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख तेजेन्द्र बुढा सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावली स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा डाक्टर रत्नवीर सुनार र राष्टिय अनुसन्धान अधिकृत मेगराज कडेलले संयुक्त रुपमा त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य संयोजक तथा प्रमुख श्रेष्ठ  लाई अविर टिका र दोसल्ला ओडाएर प्रमाण पत्रका साथ सम्मान गर्नु भएको थियो ।

सम्मानित श्रेष्ठले आफुले मात्र नभएर नगरपालिकाका जनप्रतिनिधि कर्मचारी स्वास्थ्य सेवा कार्यालयको प्रभावकारी निर्देशन सहितको सहयोग र सहकार्यवाट आफु र आफ्नो नगरपालिका उत्कृष्ट सेवा प्रवाहा संस्थाको रुपमा सम्मनित हुन पाउँदा खुशि लागेको बताउदै यस्तो सम्मानले अझ थप स्वास्थ्य सेवा प्रवाहाको लागि उर्जा थप्ने बताउनु भयो ।

यसैगरी जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी गुणस्तरीय र जनअपेक्षाकृत बनाउनुका साथै जिल्ला अस्पतालको भौतिक संरचना जनशक्ति आर्थिक लगायत प्रशासनिक रुपमा कुसल कार्य गरेवापत डाक्टर रत्नवीर सुनारलाई उत्कृष्ट प्रमुखको रुपमा सम्मान गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय र मातहतका आठ ओटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई कुशल मार्ग निर्देशन प्रभावकारी समन्वय र सहकार्यको भूमिकाको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

प्रमुख अतिथि तथा समन्वय उपप्रमुख बुढा त्रिपुरासुन्दरी नगरउपप्रमुख देविघर्ती सहायक प्रजिअ ज्ञावली र उद्योग बार्णिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाले संयुक्त रुपमा डाक्टर सुनारलाई दोसल्ला सहित प्रमाणपत्रले सम्मान गर्न भएको थियो ।

यसैगरि अस्पतालमा चिकित्सा शाखा प्रमुखको रुपमा कार्यरत भई स्वास्थ्य सेवा प्रवाहामा अहोरात्र खटिनु हुने डाक्टर अखण्ड उपाध्यायलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यसैगरि उत्कृष्ट नसिंङ तर्फ मुड्केचुला गाउँपालिका ईल आधारभूत स्वास्थ्य केन्द्रकी अनमी लालमाया विक उत्कृष्ट तथ्याङ्क फोकल प्रतिनिधिको रुपमा छार्काताङसोङ गाउँपालिका मुकोट स्वास्थ्य केन्द्रमा कार्यरत पुष्पलता बोहरा काईके गाउपालिका स्वस्थ्य केन्द्र सहरतारमा सिअहेव तेजबहादुर शाही उत्कृष्ट पाराम्याटिसको रुपमा सम्मानित हुनु भएको छ ।

इल स्वास्थ्य चौकीका सिअहेव युवराज थापा शे फोक्सुण्डो गाउँपालिकाको जिभेर स्वास्थ्य केन्द्रमा कार्यरत तिलक पुनमगर जिल्ला अस्पतालमा लामो समयदेखि कार्यरत पाराम्याटिस कर्णबहादुर विक अनमी स्मिता हमाल डाक्टर आर्कषण तिमिल्सेना छार्काताङसोङ गाउँपालिका स्वास्थ्य संयोजक बुद्दिबहादुर धराला लगायतका दर्जन बढी जनालाई उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा दोसल्ला प्रमाणपत्रका साथ अविर टिका लगाएर सम्मान गरिएको थियो भने  सबै स्थानीय तहलाई समेत सम्मान गरिएको थियो ।

यसै गरि स्वास्थ्य सेवा क्षेत्रकाे वारेमा निरन्तर समाचार सम्प्रेषण गरेवापत पत्रकार महासंघ डाेल्पा शाखाकाे तर्फवाट महासंघका संस्थापक अध्यक्ष एबं डाेल्पान्युज अनलाइनका सम्पादक विष्णुप्रसाद देवकोटालाई समेत दाेसल्ला ओडाएर प्रमाणपत्रका साथ अविर टिकाले सम्मान गरिएकाे थियाे ।

दुनैस्थित दिदिबहिनी समुहकी अम्बिा हमाल पार्वती केसी दिलु केसी सहितलाई द्यैसीभैलोखेली स्वास्थ्यसेवालाई सहयोग पुर्याएवापत दोसल्ला सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।यसैगरी स्वास्थ्य सेवा अन्तर्गत पाेषण कार्यक्रम संयाेजक एमआइडि नेपालका रघुविर थापा र महिला सशक्तीकरण केन्द्रका फाेकल व्यक्ति सुनिल बुढालाई उल्लेखनिय याेदान गरेवापत सम्मान गरिएकाे थियाे ।

सम्मानित पछि डाक्टर रत्नवीर सुनारले आफ्नो सरुवा डोल्पावाट दैलेख जिल्लामा भएको भएपनि आफ्नो कार्यकालमा सबैको रचनात्मक र सकारात्मक सहयोगले जिल्ला अस्पताललाई परिर्वतनउन्मुख तर्फ लैजान सफल भएको महशुस भएको बताउनु भयो ।

आफु डोल्पामा नभएपनि सदैब माया सम्मान र सुभाव डोल्पा र डोल्पाली प्रतिरहिरहने उल्लेख गर्दै डाक्टर अखण्ड उपाध्याय सहितको टिमले डोल्पामा नयाँ संकृतिको सुरुवात गरेकोले अझ आगामी दिन थपमजबुद भएको हेर्न र सुन्न पाउने अपेक्षा आफुले लिएको र आफुप्रति डोल्पाले गरेको अपार माया कहिल्यै नभुल्ने डाक्टर सुनारले बताउनु भयो ।

प्रमुख अतिथि समन्वय उपप्रमुख बुढा सहायक प्रजिअ ज्ञावली र ठुलिभेरी नगरपालिका –३ का वडाअध्यक्ष भक्तबहादुर भण्डारीले डोल्पा जिल्ला अस्पताल स्वास्थ्य सेवा कार्यालय र मातहतका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको सर्वपक्षिय ब्यवस्थापनमा डाक्टर सुनार र चिकित्सा शाखा प्रमुख डाक्टर उपाध्यायले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!