ताजा समाचार

सरस्वती माद्यामिक विद्यालय दुनैकी छात्रा विनिता बनिन् :समन्वय प्रमुख

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर २७ गते ।

सरस्वती माद्यामिक विद्यालयमा कक्षा-८ मा अध्यायनरत विनिता महतारालाई जिल्ला समन्वय प्रमुख बनम्ला भन्ने कल्पना सम्म पनि थिएन ।

तर उनलाई डाेल्पा जिल्ला समन्वय समितिकाे प्रमुख बन्न केहिले राेकेन ,एक घण्टाकाे लागि भए पनि महतारा जिल्ला समन्वयको प्रमुख बन्न सफल हुनु भयाे ।

कक्षा- ८ मा पढ्दै गर्नु भएकी महतारा समन्वय प्रमुख बनेपछि उनलाई  बधाई तथा सफल कार्यकालको शुभकामना दिन राजनीतिक दलका प्रमुख समाजसेवी बुद्धिजीवी र संचारकर्मीकाे जिल्ला समन्वय समितिकाे सभाहलमा बाग्लाे उपस्थिति थियाे ।नयाँ समन्वय प्रमुख बनेर आउनु भएकी विनिता महतारालाई बर्तमान समन्वय प्रमुख श्यामबहादुर राेकायाले एक कार्यक्रमका बीच पद हस्तान्तरण गर्नु भएकाे थियाे ।

जीवनमा धैर्यता साहस लगनशीलता र निरन्तर जारी प्रयासले अवश्य कुनै न कुनै दिन सफलतामा पुग्न सकिन्छ भन्ने उदाहरण बन्नु भएकाे छ समन्वय प्रमुख महतारा ।महिला( किशोरी )ले समाजमा केही पनि गर्न सक्दैनन् र नेतृत्वदायी भूमिका खेल्न सक्दैनन् भन्नेहरुकाे लागि विनिताले प्राप्त गर्नु भएकाे समन्वय प्रमुखकाे पद चाेटिलाे प्रहार हाे ।विनिता महतारा साच्चिकै जिल्ला समन्वय प्रमुख बन्नु भएकाे भने हाेइन ।

किशोरीलाई सशक्त बनाउंदै उनीहरुको आवश्यकता अभिव्यक्त गर्न र आफ्नाे जीवनमा प्रत्यक्ष प्रभाव क्षेत्रमा परिवर्तनको पक्षमा वकालत गर्न मन्च प्रदान गर्ने उद्देश्यले आयाेजित गर्लस टेकओभर विषयक कार्यक्रममा एक घण्टाकाे लागि कक्षा-८ मा अध्यायनरत विनिता महतारा समन्वय प्रमुखकाे भुमिकामा रहनु भएकाे मात्र हाे ।

समाज जागरण केन्द्र( स्याक ) र प्लान इन्टरनेशनल नेपालले समाजका हरेक क्षेत्रमा महिला( किशोरी)हरु पनि कुशल नेतृत्व गर्न सक्षम छन भन्ने सन्देश दिन डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरीनगरपालिकामा गर्लस टेकओभर कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।

कार्यक्रमम सम्बाेधन गर्दै समन्वय प्रमुख श्यामबहादुर राेकायाले देशमा महिलाहरुकाे नेतृत्वदायि भुमिकाकाे आवश्यकता रहेकाे उल्लेख गर्दै नेपालका महिलाहरु उच्च ओहदामा पुगेर कुसल नेतृत्वदायि भुमिकामा रहेकाे बताउनु भयाे ।

हाम्राे समाजमा महिला केही गर्न सक्दैनन् भन्ने भ्रमलाई चिर्नु पर्ने आवश्यकता रहेकाे समन्वय प्रमुख राेकायाकाे भनाई थियाे ।

कार्यक्रममा सहभागी विद्यालयकी किशोरीलाई दृढ  आत्मविश्वास र लगशीलताका साथ अगाडि बढ्न समेत प्रमुख राेकायाले आग्रह गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे उद्देश्य मुताविक एक घण्टाकाे लागि समन्वय प्रमुख बन्नु भएकी विनिता महतारालाई समन्वय प्रमुख श्यामबहादुर राेकाया र उपप्रमुख तेजेन्द्र बुढाले जिल्ला समन्वयकाे काम कर्तव्य अधिकार र समितिकाे संरचनाका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

एक घण्टाकाे लागि जिल्ला समन्वय प्रमुख बन्नु भएकी महतारा समक्ष विद्यालयका किशोरीहरुले स्वास्थ्य,शिक्षा,प्रजनन स्वास्थ्य र सुरक्षा र संरक्षण लगायतकाे ब्यवस्थापन गर्न माग गरेका थिए ।

किशोरीहरुकाे घाेषणापत्र सहितकाे मागपत्र ग्रहण गर्ने क्रममा समन्वय प्रमुख महताराले आफुले महिला मैत्री कानुन निर्माणकाे पहल देखि हरेक समस्या समाधानकाे लागि नितिगत ब्यवस्था गर्ने र जिल्लाका ८ वटै स्थानीय तहमा सुशासन कायम राख्ने काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।

सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीले यस्ता खाले सन्देश मुलक कार्यक्रमले किशाेरीहरुकाे लागि सशक्तीकरणमा सहयाेग पुग्ने धारणा राख्नु भएकाे थियाे ।

यसैगरी त्रिपुरासुन्दरी नगरपालिकामा समेत अम्बिका कठायत एक घण्टाकाे लागि नगरप्रमुख बन्नु भएकाे थियाे ।नगरप्रमुख जनचन्द्र राेकायाले एक घण्टाकाे लागि आफ्नाे पद छात्रा अम्बिका कठायतलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।

प्लान इन्टरनेशनल नेपालका परियाेजना विशेषज्ञ सन्ताेष पुलामीले समन्वय समितिकाे सभाहलमा आयाेजित कार्यक्रमकाे सहजीकरण गर्नु भएकाे थियाे ।

समाज जागरण केन्द्र ( स्याक)का चिरञ्जीवी पाैडेल प्राविधिक सहायक विनयकुमार थारुले स्याकले प्लान इन्टरनेशनल नेपालकाे सहकार्यमा डाेल्पाका नगर र पालिकामा किशोरी शिक्षा लगायत गुणस्तरीय शिक्षाकाे क्षेत्रमा काम गर्दै आइरहेकाे बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!