ताजा समाचार

डाेल्पाका स्थानीय तहहरुमा मनाईयाे ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा डाेल्पाकाे सदरमुकाम दुनै लगायत स्थानीय तहहरुमा भब्यरुपले मनाइएकाे छ ।

महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ  जिल्ला समन्वय समितिको डाेल्पाकाे अगुवाइमा आयोजना गरिएको प्रभातफेरीमा महिला अधिकारकर्मी, विभिन्न सङ्घ संस्था, कर्मचारी र राजनीतिक दलमा आबद्ध महिलाको सहभागिता रहेको थियो ।

महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ ।

यसैगरी डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे केन्द्र त्रिपुराकाेटमा पनि भब्यरुपले विभिन्न कार्यक्रम गरि मनाइएकाे छ ।महिला अधिकार स्थापित गराउन विभिन्न नारा लेखिएका प्लेकार्डसहित निस्किएको र्‍यालीले महिला अधिकारका पक्षमा नारा लगाउँदै त्रिपुराकाेट बजार परिक्रमा गरेको थियो ।

डाेल्पामा पहिलाे पटक त्रिपुराकाेटका  नारिहरु बाजागाज र झ्याली सहित बजार परिक्रमामा सहभागी भएका थिए ।बजार परिक्रमा पछि नगरकेन्द्रमा पुगेर आैपचारिक कार्यक्रममा सहभागी भएका महिला दिदी बहिनी समुहकाे तर्फवाट सांस्कृतिक झलक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख जनचन्द्र राेकाया उपप्रमुख देविघर्ती प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली लगायत महिला अधिकार कर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

यसैगरी मुड्केचुला गाउँपालिकाकाे सर्मि लगायत ठुलिभेरी नगरपालिकाकाे जुफाल लगायतका स्थानहरुमा उत्साहका साथ महिलाहरुले आफ्नाे दिवस मनाएकाे खवर प्राप्त भएकाे छ ।

विभिन्न स्थानीय तहहरुमा मनाइएकाे नारि दिवसका अवसरमा विभिन्न कार्यक्रममा सहभागी भएर पहिलाे दाेर्साे र तेर्साे स्थान प्राप्त गर्नेहरुलाई पुरु्कार समेत वितरण गरिएकाे जनाइएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!