ताजा समाचार

एक्कासि भाैतिक पुर्वाधार तथा शहरी विकास मन्त्री बुढा यातायात कार्यालयमा पुगेपछि

डाेल्पान्युज डेक्स

श्रावण ०३,

सुर्खेत : यातायात कार्यलय सुर्खेतमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले छड्के निरिक्षण गरेका छन। सेवाग्राहिको जनगुणासो बढेपछि बिहिबार मन्त्री बुढाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गरेका हुन ।

मन्त्री बुढाले कार्यलयमा अनुगमनका क्रममा कार्यालय ब्वस्थापन अस्तब्यस्त रहेको,कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कर्मचारीले गर्ने ब्यवहार राम्रो नभएको र सेवाग्राहीले सेवा लिदा सहजै लिन नपाउने अनेकन समस्याहरु खेपि रहेको पाइएकाे बताए ।

कर्णाली प्रदेशको राजधानीमा रहेको मुख्य कार्यालयले समेत यातायातका लागि दिने सेवा सहजै दिन नसकेको गुनासो सेवाग्राहिले गरेपछि कार्यालयको अनुगमन गरेको उनको भनाई छ।

फाँटका कर्मचारी समयमा नआउने,सेवा दिन आनाकानी गर्ने र गलत मनाशयमा काम गर्ने गरेको गुनासो बढी छ सरकारी कार्यालयमा र जति सके सेवा द्रुत दिने कार्यालयमा यसरी लापरवाही हुनु गैरजिम्मेवार काम भएकोले पहिलो पटक सचेत गराउन अनुगमन गरिएको मन्त्री बुढाले बताए ।

सवारी चालक अनुमति पत्र,सवारी नविकरण लगायतका अन्य यातायातबाट हुने सेवाहरुमा तत्काल सहज पहुच बनाउन निर्देशन दिएको मन्त्री बुढाले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले यातायात कार्यालय सुर्खेतमा बिहिबार अनुगमन गरेका हुन ।

यातायात कार्यालय सुर्खेतमा सेवाग्राहीलाइ बस्ने ब्यवस्था समेत छैन भने तत्काल सेवाग्राहिका लागि काउण्टर समेत थप गर्न र बिधुत सेवाको समस्या समाधान गर्न जेनेरेटर समेत ब्यवस्थापन गर्न मन्त्री बुढाले निर्देशन दिएका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!