ताजा समाचार

डाेल्पाे क्याम्पस ब्यवस्थापनलाई उल्झनमा पार्दै क्याम्पस प्रमुख सुवेदी

विष्णुप्रसाद देवकोटा

डाेल्पा,माघ २३ गते ।डाेल्पाे क्याम्पस ब्यवस्थापन समितिले दिएकाे ७२ घन्टे अल्टिमेटम सकिए लगत्तै डाेल्पा पुगेका क्याम्पस प्रमुख धनन्जय सुवेदीले न स्पष्टीकरण दिए नत राजिनामा नै ।

क्याम्पस प्रमुख सुवेदीले स्पष्टीकरण र राजिनामा बुझाउन ढिलाइ  गर्दा ब्यवस्थापन पक्षलाई समेत उल्झनमा पार्ने संकेत देखिएकाे छ ।

गएकाे  पुस ५ गते भएकाे भनिएकाे क्याम्पस सभामा उपस्थिति जनाएको निर्णय पुस्तिकामा क्याम्पस व्यवस्थापन अध्यक्ष सहित सदस्यकाे हस्ताक्षर किर्ते भएकाे भन्ने घटना बाहिरिएपछि डाेल्पा लगायत सामाजिक सन्जाल तताउनुका साथै छनविनकाे लागि जिल्ला प्रशासनमा उजुरी समेत परेकाे थियाे ।

क्याम्पस ब्यवस्थापन समिति सहित प्रशासनलाई स्पष्टीकरण दिन डाेल्पा पुगेका सुवेदीलाई जिल्ला प्रशासनले क्याम्पसकाे प्रशासन कक्षमा नै साेधपुछकाे लागि दिनभर समय लिएपछि  उनले व्यवस्थापन समितिलाई स्पष्टीकरण बुझाउन सकेनन् ।

मंगलवार स्पष्टीकरण  सहित क्याम्पस प्रमुखवाटैब्यवस्थापन समितिले दिएकाे समय सिमा सकिएपनि डाेल्पा पुगेका प्रमुख सुवेदीले मंगलवार स्पष्टीकरण बुझाउने भनेपछि माघ २२ गते छलफलका लागि बसेकाे समितिले एक दिन थप समय दिएकाे थियाे

प्रशासनकाे निगरानीमा रहेका भनिएका सुवेदीले मंगलवार पनि क्याम्पस प्रशासन सहित ब्यवस्थापन समितिलाई स्पष्टीकरण त बुझाएनन् नै राजिनामा समेत नबुझाएकाे ब्यवस्थापन अध्यक्ष याेगेन्द्र बहादुर शाहीले बताए ।

तपाईसहितकाे क्याम्पस ब्यवस्थापन समितिले दिएकाे समय गुर्जदै गइरहेकाे छ नि के आलटालमै मिलिभगतमा किर्ते घटना साम्य हुन थालेकाे त हाेइन ? भन्ने जिज्ञासामा शाहिले त्यस्ताे नभएर गहिराईमा प्रशासनले छानविन गर्न थालेकाले ढिलाई भइरहेकाे बताए ।

 

तपाइको प्रतिक्रिया

error: Content is protected !!