विष्णुप्रसाद देवकोटा
डाेल्पा, माघ ८ गते । भेरिकरिडाेरमा पर्ने जाजरकोटकाे तल्लुबगर र रुकुम पश्चिमकाे आठविसकाेटकाे छाेटेबगर जाेड्ने भेरिनदिमाथि लगाइएकाे ह्युमपाइपकाे लागत सुनिश्चितता गर्न स्थानीय युवाले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सात दिने अल्टिमेटम दिएका छन ।
स्थानीय युवा हेमन्त विष्ट पहाड मल्ल र डम्बर खड्काले तीन जिल्लाका प्रशासन कार्यालयलाई सम्बाेधन गरि पठाइएकाे पत्रमा जनाएका छन ।
ह्युमपाइप विछ्याएर सवारी आवागमन भई आफुहरुले आफ्नाे लागत उठाउन पटके पिच्छे सवारी तारेवापत शुल्क उठाउन थालिएकाे अवस्थामा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सहित स्थानीय जनप्रतिनिधिले स्थलगत अनुगमन गरि शुल्क उठाउन नपाइने र विछ्याइएकाे पाईप पनि झिक्न नपाइने निर्णय गरेकाले आफुहरुकाे लागत सुनिश्चित हुनु पर्ने बताउदै लागत सुनिश्चितता नभए ह्युमपाइप झिकिदिने ७ दिने अल्टिमेटम दिइएकाे पत्रमा जनाएका छन ।
भेरिनदिमाथि पक्कीपुल नहुंदा विधुतकाे सामाग्री ओसारपसार गर्न समस्या भएकाेले विभान्सु मैना बत्ती जेभि कम्पनीलाई सामान ओसार्नकाे लागि सहज हाेस भनेर विभान्सु मैना बत्ति जेभि कम्पनिकाे मात्र विधुत उपकरण सहितका सामाग्री ओसार्ने गरि कम्पनीकाे ह्युमपाइप खरिद तथा ढुवानी र बांकी स्थानीय युवाकाे लागतमा भेरिनदिमाथि ह्युमपाइप विछ्याइएको स्थानीय युवाहरुले रुकुम पश्चिम डाेल्पा र जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बाेधन गरेर प्रेसित गरिएकाे पत्रमा उल्लेख छ ।
जाजरकोट रुकुम पश्चिम र डाेल्पाका स्थानीय प्रशासनले ७ दिन भित्र आफुहरुकाे लागत सुनिश्चितता नभए भेरिनदिमाथि विछ्याइएको ह्युमपाइप झिकिने भएकाले आआफ्ना सवारी साधन सुरक्षित स्थानमा लैजान समेत सवारी धनिहरुलाई सुचित गरिएकाे जाजरकोट र रुकुम पश्चिमका स्थानीय युवाले माघ ८ गते प्रेसित पत्रमा उल्लेख छ ।