डाेल्पान्युज डेक्स
सदरमुकाम दुनैमा मानवअधिकार सम्बन्धि राष्ट्रिय कार्ययोजना तालिम सम्पन्न भएकाे छ ।ठुलिभेरीनगरपालिकाका ११ वटैवडाका प्रतिनिधि नगरमा कार्यरत कर्मचारी सुरक्षा निकायका प्रतिनिधि र नागरिक संस्थाका प्रतिनिधिहरुकाे लागि मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजना तालिम सम्पन्न भएकाे हाे ।
मानवअधिकार सम्बन्धि ज्ञान दिन र मानवअधिकार उल्लंघनका घटनामा न्युनिकरण गर्न सहज हाेस भनेर मानवअधिकार पाँचौ राष्ट्रिय कार्ययोजना सम्बन्धि तालिम दिइएकाे हाे ।
महिला सशक्तीकरण केन्द्र डोल्पाको आयोजना, संयुक्त राष्ट्रसंङ्घीय विकास कार्यक्रमको सहयोग तथा ठूलीभेरी नगरपालिकाको समन्वय र सहकार्यमा २ दिने तालिम सम्पन्न भएको महिला सशक्तीकरण केन्द्र डाेल्पाले जनाएकाे छ।
सामाजिक न्यायको लागि लडाई र महिला सशक्तीकरण परियोजना अन्तर्गत मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना (आर्थिक बर्ष २०७७/७८-२०८१/८२) बारे २ दिने क्षमता विकास तालिम दुनै स्थित होटल बिल्यू सिप इन मा सम्पन्न भएकाे हाे ।
ठूलिभेरीनगरका वडा जनप्रतिनिधि , कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र नगारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु समेत गरि ३१ जनाको सहभागिता थियो ।
मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक ज्ञान सिप दिलाएर क्षमता विकास गर्ने उद्देश्यले सहभागीहरुलाई प्रशिक्षण दिइएकाे थियाे ।
यसैगरी मानवअधिकार भनेकाे के हाे यसकाे सन्दर्भ, परिभाषा, मानवअधिकार संरक्षण सम्बन्धी संवैधानिक एवं नीतिगत, कानुनी र संस्थागत व्यवस्थाका बारेमा सहभागीहरुलाई प्रशिक्षण गरिएकाे थियाे ।
संविधानमा उल्लेखित ३१ वटा नागरिकका मौलिक हकहरु, सरकारका प्राथमिकता र भावि कार्यदिशाका बारेमा तालिममा सहभागीलाई प्रकाश पारिएकाे महिला सशक्तिकरण केन्द्र डाेल्पाले जनाएकाे छ ।
विगतका ३ वटा मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनाको समीक्षा, छलफल, विश्वव्यापी आवधिक मानवअधिकार अवस्थाको पुनरावलोकन, नागरिकका कर्तव्यहरु, मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाको सोच, उद्देश्य र १७ वटा विषयगत उपक्षेत्रहरुको बारेमा समुहगत अभ्यास, छलफल र प्रस्तुतीकरणका गतिविधिहरु सम्पन्न भएकाे महिला सशक्तीकरण केन्द्र डाेल्पाका कार्यकारी निर्देशक रणबहादुर कार्कीले जानकारी दिनु भयाे ।
दुई दिने मानवअधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम अवधिभर सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, ठूलीभेरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिलप्रसाद रोकाया र महिला सशक्तीकरण केन्द्र डोल्पाका कार्यकारी निर्देशक रणबहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो ।
तालिमले मानवअधिकार सम्बन्धी सिकाइको स्तरलाई फराकिलो बनाई जनप्रतिनिधिहरुलाई पाँचौं राष्ट्रिय कार्ययोजनाका उद्देश्य, क्रियाकलापहरु ब्यवहारमा कार्यनयन गर्न जिम्मेवार स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन जनप्रतिनिधि कर्मचारी र सुरक्षा अधिकारीलाई परिस्कृत बनाउने अपेक्षा गरिएकाे छ ।
दुई दिन सम्म संचालन भइ सम्पन्न भएकाे क्षमता विकास तालिममा मानवअधिकार सम्बन्धि नीतिगत संस्थागत तथा कानुनी ब्यवस्थाका बारे सहभागीहरु बीच समुहगत छलफल समेत गरिएकाे थियाे ।